पहिरोमा परेका धामीको मृत्यू, २ घाइते « Khabarhub

पहिरोमा परेका धामीको मृत्यू, २ घाइते


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

मंगलबार बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए । नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन् ।

घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए । मानसिंहको हातमा चोट लागेको छ ।

दार्चुला–तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । दिउँसो ओहोरदोहोरमा समस्या हुने भए पछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए ।

दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ । राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : ४२ बजे

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक– बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।

नेतृत्व फेर्न माग गर्दै एमाले नेताहरूलाई फूलको थुंगा (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्काले करिब