पाकिस्तानविरुद्ध भारतीय हवाई सेनाको ‘सर्जिकल स्ट्राइक’ « Khabarhub

पाकिस्तानविरुद्ध भारतीय हवाई सेनाको ‘सर्जिकल स्ट्राइक’


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ। भारतीय वायु सेनाले बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको हो।

गत फ्रेबुअरी १४ मा पाकिस्तानमा रहेको आतंकवादी समूह जैश–ए–मोहम्मद आतंकबादी समुहले भारतको कश्मीरमा गराएको आत्माघाती आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएपछि बदलास्वरुप भारतले पाकिस्तानभित्रै सैन्य कारबाही गरेको हो।

पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको र पाकिस्तानी हवाई सेनाको जवाफी कार्वाहीपछि फर्कीएको जनाएको छ।


भारतीय सेनाले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेपछि त्यस्को प्रतिक्रियाबारे पाकिस्तानी उच्च सैन्य अधिकारीहरुबीच छलफल भइरहेको पाकिस्तनी सञ्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानी सेनाले भारतीय सेना विरुद्ध जवाफी कारबाहीका लागि छलफल थालेको छ । यो घटनालाई पाकिस्तानी सेनाले पुष्टि गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय वायुसेना भारत पाकिस्तान नियन्त्रित क्षेत्र (एलओसी) उल्लंघन गर्दै पाकिस्तानी क्षेत्रमा प्रवेश गरेपनि पाकिस्तानको जवाफी कारबाही पछि फर्किएको जनाएका छन् ।

गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत मुजफ्फरवाद क्षेत्रबाट भारतीय सेनाले आफ्नो हवाइ क्षेत्र उल्लंघ गरेको र जवाफी कारबाहीबारे छलफल भइरहेको जनाएको उल्लेख गरेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ताको ट्‌वीट हेर्नुहोस्

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ९ : ३१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र