युवा ज्योतिष हरिहर कृष्टिन प्रेममा परेपछि… (भिडियो) « Khabarhub

युवा ज्योतिष हरिहर कृष्टिन प्रेममा परेपछि… (भिडियो)


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सामाजिक सञ्जाल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

युवा ज्योतिष हरिहर अधिकारीले यही फिल्ममार्फत फिल्ममा डेब्यु गर्दैछन् । उनले यो फिल्मको कथा केही हदसम्म आफ्नो जीवनसँग मेल खाने बताए ।

प्रदीपकुमार उदय प्रस्तुतकर्ता रहेको यो फिल्म बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सन्तोषबाबु लोहनीको निर्देशन रहेको फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

फिल्ममा हरिहर अधिकारी, कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोला, डाक्टर सुर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै फिल्ममा कलाकार अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन तथा भुपेन्द्र अधिकारी र वनिष शाहको सम्पादन छ ।

चलचित्र चैत्र १५ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ११ : ०० बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको