तरकारी बजारमा बेथिति, थोक मूल्य बढ्दा खुद्रा मूल्य ४ गुणा वृद्धि « Khabarhub

तरकारी बजारमा बेथिति, थोक मूल्य बढ्दा खुद्रा मूल्य ४ गुणा वृद्धि



काठमाडौं– ‘यसपालीको दशैं त निकै महंगो पो बन्ने भयो त’ मंगलवार चावहिलको गणेशस्थानस्थित तरकारी बजारमा उपभोक्ताहरु एकआपसमा कुराकानी संवाद गरिरहेका थिए ।

साँझको समय । तरकारी किन्नेहरुको भीड उत्तिकै । बजार निकै भीड थियो । व्यापारीलाई भने भ्याईनभ्याई नै देखिन्थ्यो ।

गौशाला, मित्रपार्क, रातोपुल, भत्केको पुल, चावहिल, कपन, सुकेधारा बौद्ध लगायतका स्थानका सर्वसाधरण गणेशस्थानमा तरकारी किन्न आउने गर्छन् ।

‘चाडपर्व आउनै हुदैंन तरकारीको मुल्य बढ्न थालिहाल्छ’ गौशालाकी राधा अधिकारीले बेच्न राखेका तरकारी हेर्दै भनिन् । ‘नखाइ हुदैँन, महंगो भएपनि किन्नै पर्‍यो’ राधाले भनिन्, ‘थोरै मुल्य बढेपनि व्यापारीले ह्वात्तै बढाउँछन्।’

तरकारी बजारमा मुल्य बढेको बारे निकै चर्चा भइरहेको थियो । ‘हप्तादिन अघि १ सय २० रुपैयाँ धार्नीमा लगेको आलु अहिले १ सय ८० रुपैयाँ पुगिसकेछ’ हातमा आलु बोक्दै हिडेकी एक महिलाले सुनाइन् ।

‘मौकामा चौका छोप्ने गर्छन् व्यापारी’ खबरहबसँगको कुराकानीमा उनले भनिन्, ‘चाडपर्वलाई कुरेर बस्छन् ५ रुपैयाँ मुल्य बढ्यो भने २० रुपैयाँ बढाउँछन्।’

हरेक चाडपर्वका बेला तरकारीको मुल्य बढ्ने गरेको उपभोक्ताको गुनासो छ ।

‘तरकारीको मुल्यले तीजमा आकाश छोएको थियो’ कुराकानीको क्रममा उनले भनिन् ‘तीज सकिएसँगै विस्तारै आरोलो लागेको थियो दशैं आउन नपाइ मुल्य बढिसक्यो।’

भान्सामा पाक्ने तरकारी मंहगो भएसँगै उपभोक्ताहरु चिन्तित भएका छन् ।

सरकारले बजार अनुगमन प्रभावकारी ढंगले गर्न नसक्दा तरकारीको मुल्य वृद्धि भएको उपभोक्ताहरु बताउँछन् । अहिले बजारमा सबैजसो तरकारीजन्य वस्तुको मुल्य बढेको छ । न त अनुगमन हुन्छ न त कालोबजारी र बिचौलियालाई कारवाही नै ।

के भन्छन् व्यापारी ?

मुल्य बढ्न नपाइ व्यापारीहरुको चलाखीपन भएको र उपभोक्तालाई ठग्ने गरेको उपभोक्ताहरु आरोप लगाउँछन् ।

तर मुल्य बढेकाले नै बजारभाउ छोइनसक्न्नु भएको व्यापारीहरु बताउँछन् ।

जोरपाटीमा रहेको तरकारीबजारमा व्यापारी र उपभोक्ताको दोहोरो कुराकानी चलिरहेको थियो ।

उपभोक्ता : तितेकरेला कसरी हो दाई ?
व्यापारी : १ सय ६० रुपैयाँ प्रतिकेजी ।
उपभोक्ता : हप्तादिन अघि ९० रुपैयाँमा प्रतिकेजी किनेको कति महंगो उफ !
व्यापारी : सोह्रसाद्ध लागेदेखि सबै तरकारीको मुल्य बढिरहेको छ के गर्न हामीले पनि ।

मंगलवार काठमाडौं उपत्यकामा १ सय २५ रुपैयाँ खुद्रा मुल्यमा विक्री भइरहेको तितेकरेला व्यापारीले १ सय ६० रुपैयाँका बेच्न थालेका छन् ।

मुल्यमा सामान्य उत्तरचढाव आएपनि यता व्यापारीले भने दोब्बर मुल्य बढाएर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ ।

‘विगतका वर्षहरुमा पनि सोह्रसाद्ध शुरुभएपछि तरकारीको मुल्य बढ्ने गथ्र्यो’ अर्की तरकारी व्यवसायी सकुन्तला लिम्बुले भनिन्, ‘अहिलेपनि सोह्रसरात लागेसँगै मुल्य बढेको हो।’

‘मुल्य बढेपछि तरकारी नै नपाउने समस्या पनि हुन्छ’ उनले थपिन्, सबैभन्दा बढि तरकारी खपत हुने समय पनि हो यो।’ काठमाडौं उपत्यकामा उपभोग हुने तरकारी विभिन्न ठाउँबाट कालीमाटी बजारमा आइपुग्छ ।

यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेको तरकारी व्यवसायीहरु बताउँछन् । ‘धेरै प्रयोग हुने आलु प्याज जस्ता तरकारी भारतबाटै आउँछ’ एक व्यापारीले भने ‘बाह्य मुलुकमा निर्भर हुनु परेकाले पनि मंगिएको हो।’

माग धेरै उत्पादन पातलिदै

तरकारीको माग धेरै आपूर्ति कम हुँदा बजारमा तरकारीको मुल्य बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

वर्षाद्का कारण तरकारी पर्याप्त मात्रामा उब्जाउन नसक्दा तरकारी महंगो हुँदै गएको समितिका उप निर्देशक विनय श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘अहिले सागसब्जी सटेज छ’ उनले भने ‘माग बढि छ, त्यसकारण मुल्य बढेको हो।’ सोह्रसाद्ध लागेसँगै धेरैका भान्सामा पाक्ने विभिन्न प्रकारका साग अहिले कालीमाटी बजारमा नै कम आउन थालेको उनले बताए ।

‘सिमी, बोडी घिरौला करेला, परबल, आलु, प्याज लगायतका धेरै तरकारीहरुको मुल्य बढेको छ’ खबरहबसँगको कुराकानीमा श्रेष्ठले भने ‘माग यथावत् छ, उत्पादन पातलिदैं गयो त्यसकारण आगवमन कम हुँदै गएपछि मुल्य उकालो लाग्यो।’

यस्तो छ बजारमा भाऊ

हप्तादिनअघिदेखि बढ्न थालेको तरकारीको मुल्य घट्नुको साटो निरन्तर बढिरहेको छ । बुधवार कालीमाटी बजारमा रहेको तरकारीको खुद्रा मुल्य :

गोलभेंडा प्रतिकेजी ९५ रुपैयाँ, आलु प्रतिकेजी ४५ देखि ९५ रुपैयाँसम्म, प्याज १ सय १५ रुपैयाँ, काउली प्रतिकेजी १ सय २५, गाजर प्रतिकेजी १ सय २५, भन्टा प्रतिकेजी १ सय २५, बोडी (तने) प्रतिकेजी १ सय ३५ रुपैयाँ छ ।

त्यसैगरी घिउ सिमी प्रतिकेजी १ सय ४५, तिते करेला प्रतिकेजी १ सय २५, साग १ सय ३५ देखि २ सय ९५ प्रतिकेजी, अदुवा प्रतिकेजी २ सय ४५ र लसुन प्रतिकेजी २ सय ४५ रुपैयाँमा छ ।

व्यापारीको आफ्नै मुल्य

यद्यपी व्यापारीले बेच्ने मुल्य तोकिएको भन्दा निकै फरक पाइएको छ । तरकारी बजारमा व्यापारीले आफै मुल्य निर्धारण गर्ने गरेको पाइएको छ ।

बजारमा काउली प्रतिकेजी १ सय ६० रुपैयाँ, तितेकरेला १ सय ५० रुपैयाँ प्रतिकेजी, भेण्डी १ सय ४० रुपैयाँ, आलु (मुडेको) १ सय ९० रुपैयाँ धार्नि, बोडी १ सय ६० रुपैयाँ, सिमी १ सय ६० रुपैयाँ प्रतिकेजी, गोलभेँडा १ सय २० रुपैयाँमा प्रतिकेजीमा बिक्री गरिरहेका छन् ।

त्यस्तै प्याज १ सय ४० रुपैयाँ, भेण्डी १ सय ४० रुपैयाँ, च्याऊ २ सय ३० रुपैयाँमा व्यापारीले विक्री गरिरहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ९ : ५७ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने