फ्रान्समा पनि चल्यो कबड्डी-३ « Khabarhub

फ्रान्समा पनि चल्यो कबड्डी-३


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेरिस- प्रदर्शनमा आएको पहिलो दिनमै १ करोड भन्दा बढिको व्यापार गर्न सफल चलचित्र “कबड्डी कबड्डी कबड्डी” नेपाल बाहेक बिश्वका विभिन्न देशहरु बसोबास गर्ने नेपालीहरु बिच निकै चर्चामा छ ।

फ्रान्सको राजधानी पेरिसमा पनि यो चलचित्रको गत आइतबार २ वोटा शोहरु देखाइएको थियो ।अन्तरास्ट्रिय कलाकार समाज “इनास फ्रान्स” ले उक्त प्रदर्शनीको आयोजना गरेको थियो ।

दुइ वोटा शो नै हाउसफूल भएर पेरिसमा एउटा नेपाली चलचित्र प्रदर्शन भएको यो पहिलो पटक थियो । इनास फ्रान्सले जानकारी गराए अनुसार पेरिसका नेपाली संघ संस्थाहरुका अध्यक्ष र प्रतिनिधीहरुको पनि बिशेष उपस्थिति रहेको थियो भने बाल-बच्चा सहित स-परिवार नेपाली चलचित्र हेर्न आउने परिवारहरुको उत्तिकै उपस्थिति थियो।

देश विदेशका दर्शकको अपार माया पाइरहेको कबड्डी कबड्डी कबड्डीको सुरुवाती सफलताले नेपाली चलचित्र उद्योगमा नयाँ इतिहास थपिएको छ । चलचित्र क्याप्टेनबाट डेब्यु गरेकी उपासना सिंह ठकुरीको तातो चर्चा चल्न थालेको छ भने दयाह्यंग राई, रिश्मा गुरुङ, विल्सन बिक्रम राई, बुद्धि तामांग, विजय बराल लगाएतका कलाकारहरुको भूमिका छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ०३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले