पारसबारे सन्दीपको जवाफ– सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ ! | Khabarhub Khabarhub

पारसबारे सन्दीपको जवाफ– सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ !


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिन यता राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालमा अनफलो गरेको भन्दै राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछाने चर्चामा छन् ।

ट्वीटर र इन्स्टाग्राममा कप्तान खड्कालाई अनफलो गरेपछि सन्दीपमाथि नेपाली क्रिकेट प्रशंसक र फ्यानहरुले विभिन्न आरोप लगाउन थालेका छन् ।

सन्दीपमाथि फ्यानहरुले सन्दीपको ट्वीटरमा मेन्सन गरेर प्रश्न गरेका छन् ‘विदेशी लिग खेले र पैसा कमाए भन्दैमा मान्छे नै नचिन्ने ?’

सामाजिक सञ्जाल ट्वीटरमा मिलन सापकोटा (ओपोजेटिभ) ह्यान्डलबाट गरिएको प्रश्नमा सन्दीपले जवाफ दिएका छन् ।

मिलन सापकोटा ह्यान्डलबाट गरिएको एक ट्वीटमा सन्दीप सवाल जवाफमा उत्रिएका हुन् । ट्वीटमा मिलनले लेखेका छन् ‘भनेसी Sandeep Lamichhane ले पारस खड्का दाजुलाई Unfollow गरेछन् Twitter मा । विवाद के थियो थाहा भएन तर सन्दिपले जे गरे गलत गरे , पैसा कमाए होलान सन्दिपले तर पारस दाजुको level मा आउन वर्सौ लाग्छ ।नेपालीले नै hero बनाए सन्दिपलाई , zero नि बनाउन सक्छ्न ।’

उनको ट्वीवट लगत्तै यसबारेमा बहस भएको छ । अर्को एक जनालाई सापकोटाको ह्यान्डलबाट गएको जवाफमा सन्दीप पनि मिसिएका छन् ।सापकोटाले लेखेका छन्,‘त्यहिँ त सधै विवादमा आउँछ सन्दीप । पैसाले मातेको चाहिँ रैछ । मैले सुनेको कि सिपीएलबाट बोलाउँदा रिसाको रे ?’

त्यसको जवाफ सन्दीप लामिछानेले दिएका छन् । जवाफमा सन्दीप लेख्छन् ‘सुन्नेकुरा धेरै हुन्छ हजुर । कसको सुन्नुहून्छ तपाईले ? म नि हेरुमन कसले भनेको रहेछ कि सिपीएलबाट बोलाउँदा म रिसाए, सत्य कुरा नबुझीकन जे पनि भन्न सजिलो हुन्छ । कति सजिलै तपाईले मलाई जज गर्नु भयो है ? मन सफा हुनुपर्छ हजुर पैसा त आउने जाने कुरा हो ।’

नेपाली क्रिकेट टोली सिंगापुरमा हुने त्रिकोणात्मक श्रृंखलाका लागि बुधबार सिंगापुर प्रस्थान गरेको छ । सन्दीप भने सीपिएलबाट सिधैं सिंगापुर आएका हुन् । सन्दीपले सामाजिक सञ्जालबाट कप्तान पारस खड्कालाई अनफलो गरेसँगै दुई खेलाडी बीच बिवाद भएको भन्दै फ्यानहरु आक्रोशित बनेका छन् भने उनीहरुले सन्दीपको आलोचना गरिररहेका छन् ।

यो पनि पढ्नुहोस्,

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ०२ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी