पारसबारे सन्दीपको जवाफ– सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ ! « Khabarhub

पारसबारे सन्दीपको जवाफ– सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ !


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिन यता राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालमा अनफलो गरेको भन्दै राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछाने चर्चामा छन् ।

ट्वीटर र इन्स्टाग्राममा कप्तान खड्कालाई अनफलो गरेपछि सन्दीपमाथि नेपाली क्रिकेट प्रशंसक र फ्यानहरुले विभिन्न आरोप लगाउन थालेका छन् ।

सन्दीपमाथि फ्यानहरुले सन्दीपको ट्वीटरमा मेन्सन गरेर प्रश्न गरेका छन् ‘विदेशी लिग खेले र पैसा कमाए भन्दैमा मान्छे नै नचिन्ने ?’

सामाजिक सञ्जाल ट्वीटरमा मिलन सापकोटा (ओपोजेटिभ) ह्यान्डलबाट गरिएको प्रश्नमा सन्दीपले जवाफ दिएका छन् ।

मिलन सापकोटा ह्यान्डलबाट गरिएको एक ट्वीटमा सन्दीप सवाल जवाफमा उत्रिएका हुन् । ट्वीटमा मिलनले लेखेका छन् ‘भनेसी Sandeep Lamichhane ले पारस खड्का दाजुलाई Unfollow गरेछन् Twitter मा । विवाद के थियो थाहा भएन तर सन्दिपले जे गरे गलत गरे , पैसा कमाए होलान सन्दिपले तर पारस दाजुको level मा आउन वर्सौ लाग्छ ।नेपालीले नै hero बनाए सन्दिपलाई , zero नि बनाउन सक्छ्न ।’

उनको ट्वीवट लगत्तै यसबारेमा बहस भएको छ । अर्को एक जनालाई सापकोटाको ह्यान्डलबाट गएको जवाफमा सन्दीप पनि मिसिएका छन् ।सापकोटाले लेखेका छन्,‘त्यहिँ त सधै विवादमा आउँछ सन्दीप । पैसाले मातेको चाहिँ रैछ । मैले सुनेको कि सिपीएलबाट बोलाउँदा रिसाको रे ?’

त्यसको जवाफ सन्दीप लामिछानेले दिएका छन् । जवाफमा सन्दीप लेख्छन् ‘सुन्नेकुरा धेरै हुन्छ हजुर । कसको सुन्नुहून्छ तपाईले ? म नि हेरुमन कसले भनेको रहेछ कि सिपीएलबाट बोलाउँदा म रिसाए, सत्य कुरा नबुझीकन जे पनि भन्न सजिलो हुन्छ । कति सजिलै तपाईले मलाई जज गर्नु भयो है ? मन सफा हुनुपर्छ हजुर पैसा त आउने जाने कुरा हो ।’

नेपाली क्रिकेट टोली सिंगापुरमा हुने त्रिकोणात्मक श्रृंखलाका लागि बुधबार सिंगापुर प्रस्थान गरेको छ । सन्दीप भने सीपिएलबाट सिधैं सिंगापुर आएका हुन् । सन्दीपले सामाजिक सञ्जालबाट कप्तान पारस खड्कालाई अनफलो गरेसँगै दुई खेलाडी बीच बिवाद भएको भन्दै फ्यानहरु आक्रोशित बनेका छन् भने उनीहरुले सन्दीपको आलोचना गरिररहेका छन् ।

यो पनि पढ्नुहोस्,

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ०२ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको