दुई वर्षमा चमत्कार भएन भनेर केहीले नकारात्मक टिप्पणी गरिरहेका छन्– प्रचण्ड « Khabarhub

दुई वर्षमा चमत्कार भएन भनेर केहीले नकारात्मक टिप्पणी गरिरहेका छन्– प्रचण्ड


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश नयाँ व्यवस्थामा प्रवेश गरेको लामो समय नभएको भन्दै केहीले चमत्कार नै हुनुपर्थ्यो भन्दै नकारात्मक टिप्पणी गर्न लागि परेको बताएका छन् ।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले नयाँ संविधान अनुसार चुनाव भएर तीन तहको सरकारले काम थालेको दुई वर्ष पनि नभएको भन्दै आत्तिनु पर्ने परिस्थिति नबनेको बताए । प्रचण्डले हरेक विषयमा नकारात्मक सोच त्याग्नु पर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुः ख र बलिदानले आएको भन्दै प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लाने कुरा सजिलै प्राप्त नभएको बताए ।

देश पूरै व्यवस्था नै परिवर्तन भएको अवस्थामा पुगेको भन्दै प्रचण्डले संघीयताका बारेमा नकारात्मक प्रचार हुन चिन्ताको विषय भएको बताए ।

‘संघीय सिस्टमको बारेमा नकारात्मक प्रचार हुन थाल्छ तब मैलाई अलि बढी चिन्ता भएको महशुस गर्छु’ प्रचण्डले भने,‘ असफल भयो भने आरोपित हुने पहिलो व्यक्ति म बन्छु कि भन्ने चिन्ता छ ।’

कुनै पनि प्रणाली साध्य नभइ साधन भएको भन्दै प्रचण्डले स्थानीय तहहरुले विकास निर्माण, भ्रष्टाचार नियन्त्रण लगायतका काम गर्न नसके संघीयता असफलता तर्फ जाने बताए ।

यो परिवर्तन विभिन्न समयमा भएको परिवर्तन जस्तो नभइ पद्दतीमाथि भएको परिवर्तन भएको र यो गुणात्मक भएको उनको भनाइ थियो ।
‘भनेको जति भएको छैन होला तर जति हुन सक्थ्यो त्यति संविधानमा संस्थागत गरेका छौं’ प्रचण्डले भने,‘ चुनाव भएर काम शुरु भएको २ वर्ष पनि भएको छैन । तर केही मानिस यो समयमा चमत्कार नै हुनुपर्थ्यो भन्दै अत्यन्तै नकारात्मक टिप्पणी गर्न लागि परेका छन् ।’

साढे २ सय वर्षदेखि निरंकुशताले जरजर बनाएको समाजलाई डेढ वर्ष मा नै चमत्कार गर्नुपर्छ भन्नु कल्पना मात्र भएको प्रचण्डको भनाइ थियो ।

समाजमा लामो समयदेखि व्याप्त यस्ता सोचलाई पखाल्न केही समय कुर्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘यसो भनेर मैले आलोचना गर्न हुँदैन भन्न खोजेको होइन, तर यथार्थको धरातलको उभिएर फेरि प्रतिक्रियावाद प्रतिगमनलाई सहयोग नपुग्ने गरि आलोचना हुनुपर्छ, सधै नकारात्म मात्र सोच नराखेर हुँदैन कम्तिमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेका छौं ।’

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ३७ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०