मोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी फेला पार्न सकिन्छ « Khabarhub

मोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी फेला पार्न सकिन्छ


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तपाईं आफूलाई राम्रो लागेको वा सुरक्षित गर्न चाहेको फोटो डिलिड भएर चिन्तित बन्ने गर्नु भएको छ ? पछिल्लो समय मोबाइल फोनबाट नै फोटो खिच्ने र फोनमा नै राख्नेहरुको धेरै छन् ।

तर कहिले काँही आफूले नचाहँदा नचाहँदै वा झुक्किएर पनि फोटोहरु डिलिड हुन पुग्छन् । तर त्यसको लागि पनि तपाईंले धेरै चिन्ता गर्नु जरुरी छैन । किनकी यसरी हराएका फोटोहरु पुन प्राप्त गर्न सकिन्छ ।

यसरी गर्नुस् फोटो सुरक्षित

मोबाइलमा खिचिएका फोटोलाई सुरक्षित गर्ने केही उपायहरु रहेका छन् । एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज नामक एउटा डिफल्ट एप हुने गर्छ । तपाईँ आफ्नो आवश्यक फोटोहरु यस एपमा अपलोड गर्न सक्नुहुन्छ । यो गुगल एकाउन्टसँग लिंक हुने गर्छ र यसमा भएको फोटो गुगल एकाउन्टको स्टोरेजमा गएर बस्ने छ ।

गुगल एकाउन्टमा रहेको फोटो जहाँबाट पनि लगइन गरेर तपाई हेर्न या डाउनलोड गर्न सक्नुहुन्छ । यदी तपाई आफ्नो स्मार्टफोन परिवर्तन गर्दै हुनुहुन्छ भने पनि यसलाई डाउनलोड गर्न सक्नुहुनेछ । यसपछि त तपाईको फोटो हराउने चिन्ता दूर हुन्छ ।

त्यस्तै अर्को तरिका पनि रहेको छ । तपाईको फोटो डिलिड भएको खण्डमा त्यसलाई रिकोभर वा पुन प्राप्ति का लागि विभिन्न रिकोभर एपहरु र टुलहरुसमेत उपलव्ध छन् ।

तपाईको फोटो हराएको वा डिलिड भएको मोबाइलबाट उक्त फोटो रिकोभर गर्नका लागि तपाईँ गुगल प्लेस्टोरबाट तेस्रो व्यक्तिको एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एपको नाम ‘डिस्कदिग्गर’ हो । यसलाई डाउनलोड गरेपछि तपाईँलाई फोटो स्क्यान गर्ने अप्शन आउने छ । यसमा क्लिक गरेको केही समय भित्रै तपाईँको मोबाईलमा यो एपले सबै फोटोहरु खोजेर ल्याउनेछ ।

यसबाट तपाईँलाई जुन फोन चाहिएको हो, त्यो डाउनलोड गर्न सक्नुहुने छ । यसरी तपाईँ आफ्नो पुरानो डिलिट भएको फोटो फेरि प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले फोटो हराएकोमा चिन्तित बन्ने गर्नु भएको छ भने इन्टरनेटमा त्यस्ता फोटाहरु हराएको खण्डमा कसरी प्राप्त गर्न सकिन्छ भनेर खोजी गर्नुहोस् त्यसबाट पनि केही उपायहरु प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : २३ बजे

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज– पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा