रेणु दाहालविरूद्ध खनिइन् उपप्रमुख पार्वती, महानगरभित्र भष्ट्राचारको आरोप « Khabarhub

रेणु दाहालविरूद्ध खनिइन् उपप्रमुख पार्वती, महानगरभित्र भष्ट्राचारको आरोप


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्र चरम भष्ट्राचार भएको दाबी गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गरी उपप्रमुख शाहले महानगरले खरिद विक्रीका काममा विधि र प्रक्रिया मिचेको, अनुगमन प्रभावकारी नभएको, सरकारी सवारीसाधनको जथाभावी प्रयोग हुने गरेको दाबी गरेकी हुन् ।

महानगरलाई आवश्यक सामान खरिद विक्रि गर्दा सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पूरा गरी जवाफदेही र पारदर्शी बन्न आफुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि महानगर प्रमुखले वेवास्ता गरेको आरोप लगाइन् । उनले २४ औं बैठकसम्म आइपुग्दा पनि प्रमुखकै कारण महानगरमा लेखा समिति र जिन्सी समिति गठन हुन नसकेको बताइन् ।

पत्रकार सम्मेलनमा उपप्रमुख शाहले महानगरमा भएका अनियमितता, कर्मचारीमाथि हुने गरेको विभेद तथा सरकारी सवारी साधनको दुरुपयोग लगायत१२ बुँदे फेयरिस्त प्रस्तुत गरेकी थिइन् । सामाजिक सञ्जालमा ज्यानमार्ने धम्की आएकोबारे जानकारी गराउँदै उनले यसलाई नियोजित आक्रमण र षड्यन्त्रको रुपमा बुझेको बताएकी छिन् ।

सामाजिक सञ्जाल मार्फत उपप्रमुख शाहमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएको सम्बन्धमा यसअघि नै नेपाली कांग्रेसले विज्ञप्ती जारी गरि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ११ : ३३ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत