एसिड आक्रमणमा परेकी मुस्कानलाई बलिउड र नेपाली सेलिब्रेटीको हौसला | Khabarhub Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई बलिउड र नेपाली सेलिब्रेटीको हौसला


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिड आक्रमणमा परेर उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षीया मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धावन र कृति सेननले सन्देश पठाएका छन् । कीर्तिपुरमा उपचार गराइरहेकी मुस्कानलाई वरुणले भिडियो सन्देश दिँदै हौसला राख्न आग्रह गरेका छन् ।

मुस्कानलाई बलिउड अभिनेत्री कृति सेननले भिडियो फोन गर्दै उनको हौसला बढाएकी छिन् । सेननले भिडियो कलमार्फत मुस्कानसँग कुराकानी गरेकी थिइन् । अस्पतालको बेडमा रहेकी मुस्कानले वरुण धावन र कृति सेननलाई आफू फ्यान भएको बताएकी थिइन् ।

ट्वीटरमा सार्वजनिक भएको एक भिडियोमा मुस्कानले कृति सेननसँग कुरा गरेको देखिन्छ ।

 

यसैबीच मुस्कानलाई भेट्न गायक राजु लामा पनि बुधबार अस्पताल पुगेका छन् । मुस्कानलाई भेटेर लामाले हौसला दिँदै तिमीलाई देखेर हिमालै हाँसेको बोलको गीत समेत गाएर सुनाएका थिए ।

१४ वर्षीया मुस्कानलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए ।

यता मोडल निती शाहले पनि एसिड आक्रमण गर्ने प्रवृत्तिको विरोध गरेकी छिन् । उनले तेजाब बिक्रीमा नियन्त्रण गर्नुपर्ने धारणा राखेकी छिन् ।

नितीले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोस्ट गर्दै लेखेकी छिन् – १४ बर्ष कि निर्दोष बालिका मुस्कान खातुन लाई २ जना युवाले वीरगञ्जमा तेजाब आक्रमण गरे। मुस्कानको मुख घाँटी हातमा चोट छ। यो जस्तो अमानवीय अपराध को लागि १० बर्ष को सजाय मात्र छ । अपराधी ४ बर्षमा जेल मुक्त हुन्छन् यो कस्तो न्याय हो। उपचार मा प्रदेश २ सरकार ले केही सहयोग गरेको छ तर उस्को मानसिक पीडा र भविस्य को रेखदेख पनि सरकार ले गर्नुपर्ने होइन ? यो कोमल उमेरमा मा यो पीडा भोग्नुपरेको कारण अनियन्त्रित तेजाब बिक्रीले होइन । कहिले तेजाब बिक्रिमा नियन्त्रण गर्ने?

यसैबीच सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुन र काठमाडौंको रातोपुलमा एसिड आक्रमणमा परेकी जेनी खड्काको उपचार गर्च बेहोर्ने र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

यही असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणबाट घाइते भएका खड्का र खातुनको सम्पूर्ण उपचार खर्च सरकारले व्यर्होने निर्णय गरेको हो । यसकासाथै उनीहरुलाई जीवनयापन गर्न जनही रू। ३ लाख आर्थिक सहायता उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ५ : २८ बजे

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

काठमाडौं– गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग

सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’

काठमाडौँ – यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन

अम्बिका बस्नेतको टिप्पणी : पैसाको भरमा हुने टिकट वितरणले कांग्रेस कमजोर बन्दैछ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले अनुशासन अभवामा पार्टी कमजोर

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम पर्व

वीरगञ्ज– मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् ।

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव