एसिड आक्रमणमा परेकी मुस्कानलाई बलिउड र नेपाली सेलिब्रेटीको हौसला « Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई बलिउड र नेपाली सेलिब्रेटीको हौसला


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिड आक्रमणमा परेर उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षीया मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धावन र कृति सेननले सन्देश पठाएका छन् । कीर्तिपुरमा उपचार गराइरहेकी मुस्कानलाई वरुणले भिडियो सन्देश दिँदै हौसला राख्न आग्रह गरेका छन् ।

मुस्कानलाई बलिउड अभिनेत्री कृति सेननले भिडियो फोन गर्दै उनको हौसला बढाएकी छिन् । सेननले भिडियो कलमार्फत मुस्कानसँग कुराकानी गरेकी थिइन् । अस्पतालको बेडमा रहेकी मुस्कानले वरुण धावन र कृति सेननलाई आफू फ्यान भएको बताएकी थिइन् ।

ट्वीटरमा सार्वजनिक भएको एक भिडियोमा मुस्कानले कृति सेननसँग कुरा गरेको देखिन्छ ।

 

यसैबीच मुस्कानलाई भेट्न गायक राजु लामा पनि बुधबार अस्पताल पुगेका छन् । मुस्कानलाई भेटेर लामाले हौसला दिँदै तिमीलाई देखेर हिमालै हाँसेको बोलको गीत समेत गाएर सुनाएका थिए ।

१४ वर्षीया मुस्कानलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए ।

यता मोडल निती शाहले पनि एसिड आक्रमण गर्ने प्रवृत्तिको विरोध गरेकी छिन् । उनले तेजाब बिक्रीमा नियन्त्रण गर्नुपर्ने धारणा राखेकी छिन् ।

नितीले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोस्ट गर्दै लेखेकी छिन् – १४ बर्ष कि निर्दोष बालिका मुस्कान खातुन लाई २ जना युवाले वीरगञ्जमा तेजाब आक्रमण गरे। मुस्कानको मुख घाँटी हातमा चोट छ। यो जस्तो अमानवीय अपराध को लागि १० बर्ष को सजाय मात्र छ । अपराधी ४ बर्षमा जेल मुक्त हुन्छन् यो कस्तो न्याय हो। उपचार मा प्रदेश २ सरकार ले केही सहयोग गरेको छ तर उस्को मानसिक पीडा र भविस्य को रेखदेख पनि सरकार ले गर्नुपर्ने होइन ? यो कोमल उमेरमा मा यो पीडा भोग्नुपरेको कारण अनियन्त्रित तेजाब बिक्रीले होइन । कहिले तेजाब बिक्रिमा नियन्त्रण गर्ने?

यसैबीच सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुन र काठमाडौंको रातोपुलमा एसिड आक्रमणमा परेकी जेनी खड्काको उपचार गर्च बेहोर्ने र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

यही असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणबाट घाइते भएका खड्का र खातुनको सम्पूर्ण उपचार खर्च सरकारले व्यर्होने निर्णय गरेको हो । यसकासाथै उनीहरुलाई जीवनयापन गर्न जनही रू। ३ लाख आर्थिक सहायता उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ५ : २८ बजे

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

लुम्बिनी– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २

जुम्ला–१ मा ज्ञानेन्द्र शाहीको लिड

काठमाडौं– जुम्ला क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका

दाङ २ मा एमाले महासचिव धेरै पछाडि, रास्वपाका विपिन सुरूबाटै बलियो

दाङ- दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता