जिम्बाबेविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर) « Khabarhub

जिम्बाबेविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर)


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाका लागि सिंगापुर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार जिम्बाबेविरुद्ध खेल्दैछ ।

शृङ्खलाको पूर्व सन्ध्यामा नेपाली टोलीले ‘वाम अप’ गरेको छ । इन्डियन एशोसिएसन ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका ५ः१५ बजेबाट शुरू हुनेछ।

जसमा नेपालबाट गएका १४ सदस्यसहित वेष्ट इन्डिजबाट सिंगापुर पुगेका लेग स्पीनर सन्दीप लासमिछानेले अभ्यास गरेका छन् । टेष्ट राष्ट्र जिम्बाबेसँग पहिलो पटक टि–२० खेल्न लागेको नेपाली टोलीमा कप्तान पारस खड्का र विकेट किपर विनोद भण्डारीबाहेक अन्य युवा खेलाडी रहेका छन् ।

भारतीय प्रशिक्षक उमेश पटुवालको टोलीमा नयाँ अनुहारका रुपमा इशान पाण्डे र कुसल मल्ल रहेका छन् । एक दिवसीय विश्वकप छनोटमा जिम्बाबेसँग खेलेको नेपाली टोली फराकिलो अन्तरले पराजित भएको थियो ।

एक दिवसीय क्रिकेटमा जिम्बाबेसँग प्रतिस्पर्धा गरेपनि टि–२० मा भने नेपाल पहिलो पटक खेल्दैछ । शुक्रबार जिम्बाबेसँग खेल्ने नेपालले दोस्रो खेल शनिबार सिंगापुरसँग खैलनेछ ।

तस्वीर- रमन शिवाकोटी

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ०३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान