मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास अपरिहार्यः वरिष्ठ नेता खनाल « Khabarhub

मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास अपरिहार्यः वरिष्ठ नेता खनाल


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता काठमाडौंमा जारी छ ।

विहीबारबाट शुरु भएको प्रतियोगितामा ८ विश्वविद्यालय सहभागी छन् । प्रतियोगिताको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास विना देश विकास हुन नसक्ने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालय टिमलाई पनि सहभागि गराउने घोषणा गरे ।

खेलकुदमा कुनै पनि पक्षले राजनीति गर्न नहुने भन्दै सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकासमा राजनीतिक नेतृत्वले ध्यान पु¥याउनुपर्ने बताए ।

कार्यक्रमा पूर्व खेलकुद् मन्त्री पुरुषोत्तम पौडेलले खेल क्षेत्रमा न्यून बजेट रहेको भन्दै यस क्षेत्रको विकासको लागि कुल बजेटको एक प्रतिशत छुट्याउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका महासचिव चन्द्र तामाङले खेलकुद विश्वविद्यालयको स्थापना हुनुपर्ने, खेलकुद कानून ल्याउनुपर्ने, राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालयका टिमले भाग लिन पाउनुपर्ने र सबै स्कुलमा खेल प्रशिक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड खेल समावेश गरिएको छ ।  त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडी सहभागी छन् ।

फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा सञ्चालन गरिएको छ भने भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।
यस्तै बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

१ करोड २६ लाख रुपैया“ लागत अनुमान गरिएको प्रतियोगितामा ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकमा प्रतिस्पर्धा हुने महासचिव तामाङले जानकारी दिए । प्रतियोगिता ११ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट