मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास अपरिहार्यः वरिष्ठ नेता खनाल « Khabarhub

मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास अपरिहार्यः वरिष्ठ नेता खनाल


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता काठमाडौंमा जारी छ ।

विहीबारबाट शुरु भएको प्रतियोगितामा ८ विश्वविद्यालय सहभागी छन् । प्रतियोगिताको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास विना देश विकास हुन नसक्ने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालय टिमलाई पनि सहभागि गराउने घोषणा गरे ।

खेलकुदमा कुनै पनि पक्षले राजनीति गर्न नहुने भन्दै सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकासमा राजनीतिक नेतृत्वले ध्यान पु¥याउनुपर्ने बताए ।

कार्यक्रमा पूर्व खेलकुद् मन्त्री पुरुषोत्तम पौडेलले खेल क्षेत्रमा न्यून बजेट रहेको भन्दै यस क्षेत्रको विकासको लागि कुल बजेटको एक प्रतिशत छुट्याउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका महासचिव चन्द्र तामाङले खेलकुद विश्वविद्यालयको स्थापना हुनुपर्ने, खेलकुद कानून ल्याउनुपर्ने, राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालयका टिमले भाग लिन पाउनुपर्ने र सबै स्कुलमा खेल प्रशिक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड खेल समावेश गरिएको छ ।  त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडी सहभागी छन् ।

फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा सञ्चालन गरिएको छ भने भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।
यस्तै बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

१ करोड २६ लाख रुपैया“ लागत अनुमान गरिएको प्रतियोगितामा ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकमा प्रतिस्पर्धा हुने महासचिव तामाङले जानकारी दिए । प्रतियोगिता ११ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १७ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४