सवारी लाइसेन्सका लागि चार लाख कार्ड ल्याइयो « Khabarhub

सवारी लाइसेन्सका लागि चार लाख कार्ड ल्याइयो


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरिद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।

‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरिद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्ने उनले जानकारी दिए । “कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ”, खनालले भने ।

चालक अनुमतित्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउनसकेका छैनन् ।

सरकारले चार वर्षअघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेको हो । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ ।

अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : १५ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय