विश्वको ठूलो झिंगा, साढे २ इन्चको पखेटा « Khabarhub

विश्वको ठूलो झिंगा, साढे २ इन्चको पखेटा


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–सन् २०१२ मा बलिउडमा ‘मख्खी’ नामक फिल्म बनेको थियो । त्यहाँ रहेको मुख्य पात्र मख्खी अर्थात झिंगो थियो । सामान्य रुपमा पाउने झिंगोभन्दा अलि फरक, ठूलो र असाधारण क्षमता भएको त्यो झिंगाको कथामा आधारित फिल्म जस्तै एउटा यस्तो झिंगो फेला परेको छ, त्यो अरुभन्दा फरक र असाधारण नै छ ।

इन्डोनेसियाको आइल्यान्डमा फेला परेको यो झिंगो सामान्य मानिसको बुढी औला भन्दा ठूलो छ । पहिले नेपाल भारतमा पनि पाहिने यो झिंगो दशौं वर्ष पहिलेबाट गायब नै भएको थियो ।

लामो समयको खोज तथा अनुसन्धानपछि जंगल विभागले ठूलो र जिउँदो झिंगा फेला पारेको छ । प्रकृतिवादी तथा खोजकर्ता रसेल वैलेसले यो झिंगाको नाम ‘वैलेस–जाइन्ट बी’ राखिदिएका छन् ।

१९८१ मा केही वैज्ञानिकहरुले यस्तो झिंगाको नमूना फेला पारेका थिए । त्यसपछि त्यो झिंगा कतैपनि नदेखिएको दाबी गरेका छन् ।

एक खोज अनुसन्धानकर्ताको टोली जेनेवरीमा इण्डोनेसियाको जंगलमा पुगेको थियो । यसको पहिलो तस्वीर खिच्ने क्ले बोल्टले यो झिांगा सबैलाई हैरान पार्ने खालको रहेको बताएका छन् । उनले झिंगो उड्दा पखेटाबाट आएको आवाज सबैले सुन्न सक्ने खालको हुनेपनि बताएका छन् ।

साढे २ इन्च अर्थात ६ सेन्टिमिटर लामो पखेटा भएको यो झिंगो संसारकै सबैभन्दा ठूलो झिंगा हो । यो तराई क्षेत्रको जंगलमा पाइन्छ । धेरैजसो इन्डोनेसियाको उत्तरी माल्यूकश आइल्याण्डमा पाइने झिंगाको तस्करीसमेत हुने गरेको छ । बीबीसीको सहयोगमा

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : २८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका