विश्वको ठूलो झिंगा, साढे २ इन्चको पखेटा « Khabarhub

विश्वको ठूलो झिंगा, साढे २ इन्चको पखेटा


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–सन् २०१२ मा बलिउडमा ‘मख्खी’ नामक फिल्म बनेको थियो । त्यहाँ रहेको मुख्य पात्र मख्खी अर्थात झिंगो थियो । सामान्य रुपमा पाउने झिंगोभन्दा अलि फरक, ठूलो र असाधारण क्षमता भएको त्यो झिंगाको कथामा आधारित फिल्म जस्तै एउटा यस्तो झिंगो फेला परेको छ, त्यो अरुभन्दा फरक र असाधारण नै छ ।

इन्डोनेसियाको आइल्यान्डमा फेला परेको यो झिंगो सामान्य मानिसको बुढी औला भन्दा ठूलो छ । पहिले नेपाल भारतमा पनि पाहिने यो झिंगो दशौं वर्ष पहिलेबाट गायब नै भएको थियो ।

लामो समयको खोज तथा अनुसन्धानपछि जंगल विभागले ठूलो र जिउँदो झिंगा फेला पारेको छ । प्रकृतिवादी तथा खोजकर्ता रसेल वैलेसले यो झिंगाको नाम ‘वैलेस–जाइन्ट बी’ राखिदिएका छन् ।

१९८१ मा केही वैज्ञानिकहरुले यस्तो झिंगाको नमूना फेला पारेका थिए । त्यसपछि त्यो झिंगा कतैपनि नदेखिएको दाबी गरेका छन् ।

एक खोज अनुसन्धानकर्ताको टोली जेनेवरीमा इण्डोनेसियाको जंगलमा पुगेको थियो । यसको पहिलो तस्वीर खिच्ने क्ले बोल्टले यो झिांगा सबैलाई हैरान पार्ने खालको रहेको बताएका छन् । उनले झिंगो उड्दा पखेटाबाट आएको आवाज सबैले सुन्न सक्ने खालको हुनेपनि बताएका छन् ।

साढे २ इन्च अर्थात ६ सेन्टिमिटर लामो पखेटा भएको यो झिंगो संसारकै सबैभन्दा ठूलो झिंगा हो । यो तराई क्षेत्रको जंगलमा पाइन्छ । धेरैजसो इन्डोनेसियाको उत्तरी माल्यूकश आइल्याण्डमा पाइने झिंगाको तस्करीसमेत हुने गरेको छ । बीबीसीको सहयोगमा

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र