यस वर्षको शिवरात्रिमा परेको छ महासंयोग, धन र समृद्धिको लागि गर्नुस् यी काम | Khabarhub Khabarhub

यस वर्षको शिवरात्रिमा परेको छ महासंयोग, धन र समृद्धिको लागि गर्नुस् यी काम


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको विवाहको दिन फाल्गुन महिनाको कृष्ण पक्षको चुतुदर्शी तिथीलाई मानिन्छ ।

विष्णु पुराणमा यस चुतुर्दशीलाई महाशिवरात्रि भनिएको छ । महाशिवरात्रिको महत्व यसकारण पनि छ कि यो शिव तथा शक्तिको मिलनको रात हो । आध्यात्मिक रुपमा यसलाई प्रकृति तथा पुरुषको मिलनको रातको रुपमा बताइएको छ ।

यो रातमा आध्यात्मि शक्तिहरु अधिकमात्रामा जगृत हुन्छन् । यसकारण शास्त्रमा भनिएको अनुसार शिवरात्रिकोे रातको उपयोग ध्यान, योग तप तथा साधना गर्न आवश्यक छ । यो वर्षको महाशिवरात्रि आगामी सोमबार परेको छ । यसपटक केही दुर्लभ संयोगहरु बनेका छन् ।

सोमबार परेको महाशिवरात्री

यस वर्षको महाशिवरात्रि सोमबारको दिन नै परेको छ जसलाई निकै दुर्लभ मानिसन्छ । सोमबारको सम्बन्ध भगवान शिव तथा उनको शिरमा विराजमान चन्द्रमानसँग छ जसका कारण उनलाई सोमनाथ पनि भनिन्छ ।

महाशिवरात्रि सोमबार पर्नु शिवभक्तको लागि निकै शुभ कुरा हो । विवाह योग्य युवक युवतीले यो अवसरमा शिवजीलाई अभिषेक दूध तथा गंगाजल अर्पण गर्दा यसबाट विवाहिक जीवन राम्रो र तेजयुक्त हुन जान्छ ।

श्रवण नक्षत्र तथा महाशिवरात्रिको संयोग

महाशिवरात्रिको अवसर यस वर्ष नक्षत्रमा श्रेष्ठ श्रवण नक्षेत्रको संयोग बनेको छ । यस नक्षत्रको स्वामी चन्द्रमा हो र यसको प्रतीक चिह्न भगवान विष्णुको वाम अवताको चरण चिह्न हो । यस नक्षत्रमा भगवान शिवको पूजा निकै फलदायी मानिएको छ । धन तथा सुखको चाहना राख्ने शिवभक्तले यो अवसरमा उखुको रसले भगवान शिवको अभिषेक गर्नुपर्छ । शिवपुराणका अनुसार यसबाट समृद्धि तथा धन वैभव प्राप्त हुन्छ ।

महाशिवराात्रिमा शिवयोग

यस वर्षको महाशिवरात्रिमा शिव योग पनि परेको छ । शिव योगमा शिवको पूजा निकै उत्तम तथा शुभफलदायी मानिएको छ । मोक्षको चाहना राख्नेले महाशिवरात्रिको अवसरमा भगवान शिवको पूजाका लागि दूधमा केसर मिलाएर अभिषेक गर्न आवश्यक छ । सुख समृद्धिका लागि भगवान शिवलाई नटुक्रिएको चामल अर्थात अक्षता अर्पित गर्न आवश्यक छ यसले आत्मालाई पनि बल पुग्छ र भयबाट मुक्ति मिल्छ ।

सर्वार्थ सिद्धि योगमा महाशिवरात्रि

यी तीन संयोगका साथ साथै यस वर्षको शिवरात्रिमा चौथो संयोग पनि परेको छ । यस पटको महाशिवरात्रीको अवसरमा सवार्थ सिद्धि योग बनेको छ जो सबै प्रकारको शुभ कर्मलाई सफल बनाउनछ । यस अवसरमा शिवतान्डव स्तोत्र शिव सहस्रनामको पाठ कल्याणकारी हुन्छ । आरोग्य तथा बाधाँबाट मुक्ति पाउनका लागि रुद्राभिषेक गराउँदा यस योगको प्रभावले तपाईको कार्य सफल हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ५० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः