यस वर्षको शिवरात्रिमा परेको छ महासंयोग, धन र समृद्धिको लागि गर्नुस् यी काम « Khabarhub

यस वर्षको शिवरात्रिमा परेको छ महासंयोग, धन र समृद्धिको लागि गर्नुस् यी काम


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको विवाहको दिन फाल्गुन महिनाको कृष्ण पक्षको चुतुदर्शी तिथीलाई मानिन्छ ।

विष्णु पुराणमा यस चुतुर्दशीलाई महाशिवरात्रि भनिएको छ । महाशिवरात्रिको महत्व यसकारण पनि छ कि यो शिव तथा शक्तिको मिलनको रात हो । आध्यात्मिक रुपमा यसलाई प्रकृति तथा पुरुषको मिलनको रातको रुपमा बताइएको छ ।

यो रातमा आध्यात्मि शक्तिहरु अधिकमात्रामा जगृत हुन्छन् । यसकारण शास्त्रमा भनिएको अनुसार शिवरात्रिकोे रातको उपयोग ध्यान, योग तप तथा साधना गर्न आवश्यक छ । यो वर्षको महाशिवरात्रि आगामी सोमबार परेको छ । यसपटक केही दुर्लभ संयोगहरु बनेका छन् ।

सोमबार परेको महाशिवरात्री

यस वर्षको महाशिवरात्रि सोमबारको दिन नै परेको छ जसलाई निकै दुर्लभ मानिसन्छ । सोमबारको सम्बन्ध भगवान शिव तथा उनको शिरमा विराजमान चन्द्रमानसँग छ जसका कारण उनलाई सोमनाथ पनि भनिन्छ ।

महाशिवरात्रि सोमबार पर्नु शिवभक्तको लागि निकै शुभ कुरा हो । विवाह योग्य युवक युवतीले यो अवसरमा शिवजीलाई अभिषेक दूध तथा गंगाजल अर्पण गर्दा यसबाट विवाहिक जीवन राम्रो र तेजयुक्त हुन जान्छ ।

श्रवण नक्षत्र तथा महाशिवरात्रिको संयोग

महाशिवरात्रिको अवसर यस वर्ष नक्षत्रमा श्रेष्ठ श्रवण नक्षेत्रको संयोग बनेको छ । यस नक्षत्रको स्वामी चन्द्रमा हो र यसको प्रतीक चिह्न भगवान विष्णुको वाम अवताको चरण चिह्न हो । यस नक्षत्रमा भगवान शिवको पूजा निकै फलदायी मानिएको छ । धन तथा सुखको चाहना राख्ने शिवभक्तले यो अवसरमा उखुको रसले भगवान शिवको अभिषेक गर्नुपर्छ । शिवपुराणका अनुसार यसबाट समृद्धि तथा धन वैभव प्राप्त हुन्छ ।

महाशिवराात्रिमा शिवयोग

यस वर्षको महाशिवरात्रिमा शिव योग पनि परेको छ । शिव योगमा शिवको पूजा निकै उत्तम तथा शुभफलदायी मानिएको छ । मोक्षको चाहना राख्नेले महाशिवरात्रिको अवसरमा भगवान शिवको पूजाका लागि दूधमा केसर मिलाएर अभिषेक गर्न आवश्यक छ । सुख समृद्धिका लागि भगवान शिवलाई नटुक्रिएको चामल अर्थात अक्षता अर्पित गर्न आवश्यक छ यसले आत्मालाई पनि बल पुग्छ र भयबाट मुक्ति मिल्छ ।

सर्वार्थ सिद्धि योगमा महाशिवरात्रि

यी तीन संयोगका साथ साथै यस वर्षको शिवरात्रिमा चौथो संयोग पनि परेको छ । यस पटको महाशिवरात्रीको अवसरमा सवार्थ सिद्धि योग बनेको छ जो सबै प्रकारको शुभ कर्मलाई सफल बनाउनछ । यस अवसरमा शिवतान्डव स्तोत्र शिव सहस्रनामको पाठ कल्याणकारी हुन्छ । आरोग्य तथा बाधाँबाट मुक्ति पाउनका लागि रुद्राभिषेक गराउँदा यस योगको प्रभावले तपाईको कार्य सफल हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ५० बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन