दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज प्रथम, हात पार्‍यो एक लाख | Khabarhub Khabarhub

दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज प्रथम, हात पार्‍यो एक लाख


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौँले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् । केटीतर्फ बजार समूह रोल्पाका एलिना बुढा र केटातर्फ प्यूठानका टेकेन्द्र जिएम उत्कृष्ट भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद रु एक लाख, ५० हजार, ३० हजार र २० पुरस्कार मेडल र प्रतियोगिताको उत्कृष्ट एक पुरुष र एक महिला कलाकारलाई जनही रु पाँच हजार नगदको व्यवस्था गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगरले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी १३ समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काठमाडौँका चार समूह, प्यूठान र दाङको एक/एक समूह र रोल्पाका विभिन्न स्थानीय तहका सात समूहले सहभागिता जनाएको आयोजकले बताएको छ ।

बाह्य संस्कृतिको प्रभावले हराउन थालेका लोक संस्कृतिको संरक्षण गर्ने भन्दै रोल्पाका संस्कृतिप्रेमी युवाले राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता आयोजना गरेका थिए ।

कला संस्कृतिमा अब्बल रोल्पालाई मूल प्रवाहमा समावेश गर्दै नयाँ प्रतिभाको खोजी गर्नसमेत प्रतियोगिताले सहयोग गर्ने आयोजकको अपेक्षा रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : १० बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।