दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज प्रथम, हात पार्‍यो एक लाख « Khabarhub

दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज प्रथम, हात पार्‍यो एक लाख


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौँले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् । केटीतर्फ बजार समूह रोल्पाका एलिना बुढा र केटातर्फ प्यूठानका टेकेन्द्र जिएम उत्कृष्ट भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद रु एक लाख, ५० हजार, ३० हजार र २० पुरस्कार मेडल र प्रतियोगिताको उत्कृष्ट एक पुरुष र एक महिला कलाकारलाई जनही रु पाँच हजार नगदको व्यवस्था गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगरले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी १३ समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काठमाडौँका चार समूह, प्यूठान र दाङको एक/एक समूह र रोल्पाका विभिन्न स्थानीय तहका सात समूहले सहभागिता जनाएको आयोजकले बताएको छ ।

बाह्य संस्कृतिको प्रभावले हराउन थालेका लोक संस्कृतिको संरक्षण गर्ने भन्दै रोल्पाका संस्कृतिप्रेमी युवाले राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता आयोजना गरेका थिए ।

कला संस्कृतिमा अब्बल रोल्पालाई मूल प्रवाहमा समावेश गर्दै नयाँ प्रतिभाको खोजी गर्नसमेत प्रतियोगिताले सहयोग गर्ने आयोजकको अपेक्षा रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : १० बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका