ट्रम्पसँगको शिखर वार्ताका लागि हनोई पुगे किम « Khabarhub

ट्रम्पसँगको शिखर वार्ताका लागि हनोई पुगे किम


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनाेई– उत्तर कोरियाली सर्वोच्च नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोश्रो शिखर वार्ताका लागि भियतनामको राजधानी हनोई पुगेका छन् । शिखर वार्ताका लागि नेता किम चीनको बाटो हुँदै रेलयात्रा गरी शुरुमा सीमावर्ती शहर डाङ डोङ र डाङ डोङबाट सडकमार्गबाट हनोई पुगेका हुन् ।

किमलाई भियतनामका उच्चपदस्थ सरकारी अधिकारी तथा सत्तारुढ कम्युनिस्ट पार्टीका पदाधिकारीले स्वागत गरेका थिए । त्यसबाहेक किमलाई हनोईमा स्वागत गर्न सयौँ भियतनामीको सहभागिता थियो ।

किमले बुधबार र बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग हनोईमा शिखर वार्ता गर्ने कार्यक्रम छ । शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार अबेर हनोई पुग्ने कार्यक्रम छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ ।

यसअघि दुई नेताबीच गत वर्षको जुनमा सिङ्गापुरमा पहिलो पटक ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा अमेरिका र उत्तर कोरियाबीच भएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै टिप्पणी भइरहेका बेला यस पटकको शिखर वार्तामा ठोस सम्झौता हुने आकलन गरिएको छ ।

शिखर वार्ताका लागि हनोईको सुरक्षा व्यवस्था चुस्त बनाइएको भियतनामी अधिकारीले जनाएका छन् ।

ट्रम्पसँगको शिखर वार्ताबाहेक किमले भियतनामका प्रधानमन्त्री राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका शीर्षस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सन् १९६४ मा तत्कालीन शासक किम इल सुङ्ले तत्कालिन उत्तर भियतनामका राष्ट्रपिता हो चि मिन्हलाई भेट्न भियतनाम पुगेयता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : ०४ बजे

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले दलहरूसँग तालमेल गर्ने

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल

आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने

काठमाडौं– नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका

निर्वाचनको वातावरण बनेको छ : कानूनमन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा

अमेरिकाको ध्यान भेनेजुएलातर्फ केन्द्रित हुँदा, युक्रेन वार्ता अन्योलमा

एजेन्सी– रुससँग सम्भावित युद्धविरामपछि युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले