‘कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन’ | Khabarhub Khabarhub

‘कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन’


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट-  प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी समायोजनपछि पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव रहने बताएका छन् ।

नुवाकोटको विदुरमा सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्रियामा सहभागीले कर्मचारी अभावमा कार्य सञ्चालन गर्न अप्ठ्यारो भएको गुनासो गरेपछि मुख्यमन्त्री पौडेलले समाधानको लागि समायोजन प्रक्रिया सोचेपनि समस्या झनै बल्झिने सङ्केत देखिएको बताए ।

उनले भने,‘कार्यक्षेत्र रोज्ने कर्मचारी पनि सङ्घअन्तर्गतका कार्यालयमा जान पहिलो प्राथमिकता दिने र परिचालन पनि सोहीअनुसार हुने देखिएकाले समायोजनपश्चात पनि प्रदेश र स्थानीय तहमा कायम रहेको कर्मचारी अभाव उस्तै हुने देखिएको छ ।”

समायोजनपछि अभाव हुने कर्मचारी स्वतन्त्र (करार सेवा)बाट भर्ना गर्ने सोच बनाएकाले त्यसको लागि प्रदेश सरकार कानूनी परामर्शको क्रममा रहेको उनको भनाइ थियो । “शान्ति सुरक्षा कायम गराउन र जनतालाई अमनचयन दिन अभाव भएको स्थानमा प्रहरी एकाइका भवन, सडक निर्माणलगायतका जिम्मेवारी प्रदेश सरकारले लिएको छ तर काम गर्न कर्मचारी र कानून अभावले केहीलाई सङ्घलाई फिर्ता गर्न बाध्य भएकाले सङ्घीयता कार्यान्वयन कमजोर अवस्थामा जानसक्ने देखिएको भन्दै मुख्यमन्त्री पौडेलले चिन्ता जनाए ।

नुवाकोटमा रहेको त्रिशूली अस्पताल, स्वास्थ्य कार्यालय, भेटनरी अस्पताल, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा सबैजसो स्थानीय तहबाट मुख्य मन्त्रीसँगको अन्तक्र्रियामा सहभागी प्रतिनिधिले कर्मचारी र कानूनको अभावमा कार्यसम्पादन निराशाजनक रहेको र सेवा खस्कदै गएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : २७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः