हङकङमा रुचाइयो अनुपको ‘पुरानो बुलेट’ (भिडियो) | Khabarhub Khabarhub

हङकङमा रुचाइयो अनुपको ‘पुरानो बुलेट’ (भिडियो)


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिषण राईले निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’ लाई हङकङमा प्रिमियर गरिएको छ । शनिवार हङकङस्थित याउ माइ तेइ हलमा गरिएको फिल्मको ग्राण्ड प्रिमियरमा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् ।

पूर्वी नेपालको कुनै गाउँको कथालाई समेटिएको यो फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु लगायतको शीर्ष भूमिका छ । हङकङमा आयोजना गरेका आयोजकका टिम मेम्बर मज्जाको राईले फिल्मले उठाएको नेपाली मौलिकतालाई हेर्न पाउँदा दर्शक खुशी भएको बताए ।

न्यानो काख अभियानको सहयोगार्थ राखिएको च्यारिटी शोको प्रदर्शनीको जिम्मा अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता आङदम्बेले गरेका थिए ।

नेपालमा चैत्र ९ गते रिलिज हुने यो फिल्मको कथा तथा पटकथा निर्देशक राईले कार्यकारी निर्माता सन्तोष राईसँग मिलेर लेखेका हुन् ।
फिल्ममा अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपक लिम्बुको लगानी रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ५९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको