हङकङमा रुचाइयो अनुपको ‘पुरानो बुलेट’ (भिडियो) « Khabarhub

हङकङमा रुचाइयो अनुपको ‘पुरानो बुलेट’ (भिडियो)


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिषण राईले निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’ लाई हङकङमा प्रिमियर गरिएको छ । शनिवार हङकङस्थित याउ माइ तेइ हलमा गरिएको फिल्मको ग्राण्ड प्रिमियरमा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् ।

पूर्वी नेपालको कुनै गाउँको कथालाई समेटिएको यो फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु लगायतको शीर्ष भूमिका छ । हङकङमा आयोजना गरेका आयोजकका टिम मेम्बर मज्जाको राईले फिल्मले उठाएको नेपाली मौलिकतालाई हेर्न पाउँदा दर्शक खुशी भएको बताए ।

न्यानो काख अभियानको सहयोगार्थ राखिएको च्यारिटी शोको प्रदर्शनीको जिम्मा अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता आङदम्बेले गरेका थिए ।

नेपालमा चैत्र ९ गते रिलिज हुने यो फिल्मको कथा तथा पटकथा निर्देशक राईले कार्यकारी निर्माता सन्तोष राईसँग मिलेर लेखेका हुन् ।
फिल्ममा अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपक लिम्बुको लगानी रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल