सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित « Khabarhub

सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो ।  दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि बैठक स्थगित गरिएको हो । आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए ।

दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मति मै टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।

प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए । पार्टीको औंपचारिक कार्यक्रमलाई ध्यानमा राखेर पनि अव बस्ने केन्द्रीय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ३० बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो