बाल यौन दुराचारमा अष्ट्रेलियाका क्याथोलिक कार्डिनल दोषी ठहर « Khabarhub

बाल यौन दुराचारमा अष्ट्रेलियाका क्याथोलिक कार्डिनल दोषी ठहर


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाका क्याथोलिक कार्डिनल जर्ज पेलले बाल यौन दुराचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

रोमन क्याथोलिक धर्मका इसाई धर्मगुरु पोप फ्रान्सिसका निकटतम सल्लाहकार तथा भ्याटिकनका ट्रेजरर कार्डिनल पेलले दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा अष्ट्रेलियाको अदालतले दोषी ठहर गरेको हो ।

सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्न शहरमा रहेको सेन्ट प्याट्रिक्स गिर्जाघरमा उनले १२ र १३ वर्षका दुई बालकमाथि यौन दुराचार गरेको अदालतको ठहर छ ।

बाल यौन दुराचारमा दोषी ठहर हुने पेल क्याथोलिक धर्मका सबैभन्दा उच्च तहका धर्मगुरु हुन् । यता कार्डिनल पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

यद्यपि भ्याटिकनले भने पेललाई दोषी ठहर गरिएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ७ : ०७ बजे

रामेछापबाट लुक्लाका लागि उडान सुरु

रामेछाप- रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ ।

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन

पिङको आकर्षण घट्यो

काठमाडौँ – नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर

हातहतियार बुझाउन सिडिओको निर्देशन

भक्तपुर- जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन