नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन–नेता नेपाल « Khabarhub

नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन–नेता नेपाल


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

नेकपा काभ्रेपलाञ्चोकले बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता नेपालले सबै मिलेर काम गरे मात्रै सरकारका लागि काम गर्ने वातावरण निर्माण हुने बताए ।

“सबैले आ–आफ्नो जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन”, उनले भने, “जनभावनाअनुसार राष्ट्रिय योजना बनाएर देशको विकास गरेर अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता नेपालले दीर्घकालीन सोचका साथ अगाडि बढे मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताए । अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेको उनले बताए ।

“हाम्रो यात्रा चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि हो”, उनले भने । आत्मनिर्भर राष्ट्र निर्माणका लागि सम्पूर्ण स्रोतसाधन र सीपको एकमुस्ट परिचालन आवश्यक भएको उनको भनाइ थियो । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले सरकारले जनताको साथमा नै गएर काम गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : ३७ बजे

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ