नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन–नेता नेपाल « Khabarhub

नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन–नेता नेपाल


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

नेकपा काभ्रेपलाञ्चोकले बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता नेपालले सबै मिलेर काम गरे मात्रै सरकारका लागि काम गर्ने वातावरण निर्माण हुने बताए ।

“सबैले आ–आफ्नो जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन”, उनले भने, “जनभावनाअनुसार राष्ट्रिय योजना बनाएर देशको विकास गरेर अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता नेपालले दीर्घकालीन सोचका साथ अगाडि बढे मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताए । अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेको उनले बताए ।

“हाम्रो यात्रा चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि हो”, उनले भने । आत्मनिर्भर राष्ट्र निर्माणका लागि सम्पूर्ण स्रोतसाधन र सीपको एकमुस्ट परिचालन आवश्यक भएको उनको भनाइ थियो । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले सरकारले जनताको साथमा नै गएर काम गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : ३७ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका