तिहारमा दाजुभाइलाई यी मसला दिन नछुटाउनुस्, पुग्छ फाइदै फाइदा | Khabarhub Khabarhub

तिहारमा दाजुभाइलाई यी मसला दिन नछुटाउनुस्, पुग्छ फाइदै फाइदा


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहार बत्तीका साथै मसलाको पनि पर्व हो । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप सुमधुर बनाउने पर्व तिहारमा दाजुभाइ र दिदीबहिनीको आयु आरोग्यको कामना गर्दै सप्त रंगी टीका लगाउने गरिन्छ ।

साथै यो पर्वमा विभिन्न मरमसला र मिठाइका परिकारको पनि प्रयोग हुने गरेको छ । काजु, बदाम, नरिवल, ओखर जस्ता मसला दिएर दिदीबहिनीले दाजुभाइको स्वास्ठलाई राम्रो बनाउने गरेका छन् ।

धार्मिक रुपमा तिहारमा मसला दिने गरिए पनि यसको वैज्ञानिक महत्व रहेको छ । असार र वर्षा याम तथा मौसम परिवर्तन हुने समयमा कमजोर बन्ने शरीरलाई प्रोटिन, भिटामिन लगायतका आवश्यक तत्व रहने मर मसला र उपयोगी चीजका माध्यबाट बलियो र स्फुर्ति बनाउनका लागि पनि मसलाको महत्व हुन्छ ।

दिदीबहिनीले दिने मसला का कस्ता विशेषता छन् जानौं

ओखर

तिहारमा ओखरको प्रयोग धेरै हुन्छ । ओखर स्वास्थ्यको लागि पनि लाभदायिक मानिन्छ । ओमेगा ३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो ।

ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै ओखरमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ ।

साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरी लगायत ओखर सेवनले क्यान्सरसँग लड्ने क्षमता प्रदान गर्छ ।

काजु

काजमा ओलिक एसिड हुन्छ, जसले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

त्यस्तै काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न सहयोग पुर्याउँछन् ।

किसमिस

मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ ।

किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।

बदाम

भाई मसलामा बदाम पनि नभई नहुने खाद्यपदार्थ हो । बदाम पनि स्वास्थ्यका लागि निकै फाइदाजनक रुपमा लिइन्छ । बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो । बदामको सेवनले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् ।

नियमति बदाम खानाले खानापछि बढ्ने सुगर(मधुमेह) को मात्रामा कमी आउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ । बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।

नरिवल

भाइमसलामा दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । नरिबल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।

त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यी सबै तत्व शरीरका लागि निकै उपयोगी हुन्छन् ।

पेस्ता

पेस्ता पनि मसलामा दिइन्छ । शरीरको लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ

। पेस्ताले कोरोनरी आर्टरी रोग र हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त संचालनका लागि समेत पेस्ता उपयोगी मानिन्छ ।

यसमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो हेमोग्लोबिन निर्माणका लागि आवश्यक हुन्छ ।

पेस्तामा प्रशस्त मात्रामा एन्टिअक्सिड पाइन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको सेवनले हर्ट एट्याकको जोखिम घटाउँछ ।

दालचिनी

दालचिनीमा हुने पोलिफिनोल नामक तत्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलन निष्काशन गर्न सहयोग गर्छ । त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ ।

ल्वाङ

ल्वाङको बोटमा बासनादार फूल हुन्छ । जसलाई सुकाएर मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ ।

ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ। जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ।

ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु-याउँछ।

ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ।
ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ। साथै, पिनासको जोखिम कम गर्छ।

मरिच

मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।

मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।

सुकुमेल

मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ।

सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो।

सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ। सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ।

आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ। सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ।

मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ। यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : ५६ बजे

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

एजेन्सी– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा