दक्षिणले उत्तर कोरियामा बनाएका होटलहरु भत्काउन किमको आदेश | Khabarhub Khabarhub

दक्षिणले उत्तर कोरियामा बनाएका होटलहरु भत्काउन किमको आदेश


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाले बनाएका होटलहरु भत्काउन आदेश दिएका छन् ।

शासक किमले उत्तर कोरियाको एक प्रसिद्ध पर्यटकीय स्थलमा दक्षिण कोरियाले निर्माण गरेका सबै होटल र अन्य भवनहरु भत्काउन आदेश दिएको बीबीसीले उल्लेख गरेको छ ।

किमले माउन्ट कुमगाङमा रहेको कम्प्लेक्स ‘एक आपतकालिन क्षेत्रमा अस्थायी टेन्ट जस्तो’ भएको बताएको समाचारहरुमा उल्लेख गरिएको छ ।

उक्त रिसोर्ट अन्तर कोरियाली सहकारितको प्रतिकको रुपमा बनाइएको थियो । तर उक्त क्षेत्रको भ्रमणपछि किमले सियोलको भागीदारी बिना यसको प्रबन्ध गर्नुपर्ने बताएका थिए ।

पछिल्लो समय जीवित रहन र सफल हुनका लागि किमले ‘आत्मनिर्भरता’ लाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै आएको बीबीसीले जनाएको छ ।

पूर्वी उत्तर कोरियामा माउन्ट कुमगाङ रिसोर्ट सन् १९९० मा दक्षिण कोरियाली कम्पनीद्वारा प्रायद्वीपको सबैभन्दा सुन्दर पहाडमध्ये एकमा बनाएको थियो ।

सयौं हजार दक्षिणी पर्यटकलाई उक्त क्षेत्रमा कडा निगरानीकाबीच जाने अनुमति दिनइने गरिएको थियो तर सन् २००८ मा उत्तर कोरियाली गार्डद्वा एक महिला पर्यटकको गोली हानी हत्या गरेपछि उक्त क्षेत्र पर्यटकका लागि रोकिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १० : ५६ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई