दक्षिणले उत्तर कोरियामा बनाएका होटलहरु भत्काउन किमको आदेश « Khabarhub

दक्षिणले उत्तर कोरियामा बनाएका होटलहरु भत्काउन किमको आदेश


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाले बनाएका होटलहरु भत्काउन आदेश दिएका छन् ।

शासक किमले उत्तर कोरियाको एक प्रसिद्ध पर्यटकीय स्थलमा दक्षिण कोरियाले निर्माण गरेका सबै होटल र अन्य भवनहरु भत्काउन आदेश दिएको बीबीसीले उल्लेख गरेको छ ।

किमले माउन्ट कुमगाङमा रहेको कम्प्लेक्स ‘एक आपतकालिन क्षेत्रमा अस्थायी टेन्ट जस्तो’ भएको बताएको समाचारहरुमा उल्लेख गरिएको छ ।

उक्त रिसोर्ट अन्तर कोरियाली सहकारितको प्रतिकको रुपमा बनाइएको थियो । तर उक्त क्षेत्रको भ्रमणपछि किमले सियोलको भागीदारी बिना यसको प्रबन्ध गर्नुपर्ने बताएका थिए ।

पछिल्लो समय जीवित रहन र सफल हुनका लागि किमले ‘आत्मनिर्भरता’ लाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै आएको बीबीसीले जनाएको छ ।

पूर्वी उत्तर कोरियामा माउन्ट कुमगाङ रिसोर्ट सन् १९९० मा दक्षिण कोरियाली कम्पनीद्वारा प्रायद्वीपको सबैभन्दा सुन्दर पहाडमध्ये एकमा बनाएको थियो ।

सयौं हजार दक्षिणी पर्यटकलाई उक्त क्षेत्रमा कडा निगरानीकाबीच जाने अनुमति दिनइने गरिएको थियो तर सन् २००८ मा उत्तर कोरियाली गार्डद्वा एक महिला पर्यटकको गोली हानी हत्या गरेपछि उक्त क्षेत्र पर्यटकका लागि रोकिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १० : ५६ बजे

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो १ बजे सुरु हुने, तयारीबिना डाकिएको भन्दै प्रतिनिधि आक्रोशित

काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  आजको

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा