मतदातालाई महँगो फलफूल उपहार दिँदा मन्त्री पद खुस्कियो « Khabarhub

मतदातालाई महँगो फलफूल उपहार दिँदा मन्त्री पद खुस्कियो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका नवनियुक्त व्यापार मन्त्रीले मतदातालाई महंगो फूल उपहार दिएपछि मन्त्री पद नै खुस्किएको छ ।

ती मन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको समाचारहरु प्रकाशन भएका थिए ।

उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको समाचारहरुमा जनाइएको छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ।

साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो ।

सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो । सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्।

“म मेरो समस्याको कारणले संसद्‍मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १२ : ०२ बजे

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

एजेन्सी– टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

काठमाडौं- अखिल क्रान्तिकारीले संगठनका नेता एवम् नेपाल ल क्याम्पसका पूर्वसभापति

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

जनकपुरले लियो पोखराको पहिलो विकेट, ६१ रनको साझेदोरी भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको