मतदातालाई महँगो फलफूल उपहार दिँदा मन्त्री पद खुस्कियो « Khabarhub

मतदातालाई महँगो फलफूल उपहार दिँदा मन्त्री पद खुस्कियो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका नवनियुक्त व्यापार मन्त्रीले मतदातालाई महंगो फूल उपहार दिएपछि मन्त्री पद नै खुस्किएको छ ।

ती मन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको समाचारहरु प्रकाशन भएका थिए ।

उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको समाचारहरुमा जनाइएको छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ।

साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो ।

सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो । सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्।

“म मेरो समस्याको कारणले संसद्‍मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १२ : ०२ बजे

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं– रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै