बिरे नुन– ग्यास्ट्रिकदेखि कोलेस्ट्रोल सम्मको औषधि | Khabarhub Khabarhub

बिरे नुन– ग्यास्ट्रिकदेखि कोलेस्ट्रोल सम्मको औषधि


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

ग्यास्ट्रिक पीडित नेपालीको संख्या धेरै छ । ग्यास्ट्रिकले तपाईं पनि हैरान हुनुहुन्छ भने यसको समाधानका लागि विभिन्न उपाय अपनाउनु भएको होला । ग्यास्ट्रिकका लागि बिरेनुनले फाइदा पुग्छ ।

ग्यास्ट्रिकलाई मात्र होयन बिरे नुनले धेरै खालका समस्या समाधान हुन्छ । बिरे नुन धेरै खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ ।

बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।

बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ ।

बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ ।

पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।

बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।

त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १ : १२ बजे

अस्ट्रेलियामा भेटियो सिङ भएको मौरी, नाम राखियो ‘लुसिफर’

सिड्नी– अस्ट्रेलियामा अहिले सिङ भएको ‘लुसिफर’ मौरी भेटिएको छ ।

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता