नेपालमा अहिले भएका सबै विकास कांग्रेसका पालामा– महामन्त्री कोइराला « Khabarhub

नेपालमा अहिले भएका सबै विकास कांग्रेसका पालामा– महामन्त्री कोइराला


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए ।

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले त्यो स्वतन्त्रतामा नै रहनुपर्ने बताए । अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै नेता कोइरालाले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए । उनले भने, “नेपाली कांग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।”

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका रु ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास कांग्रेसका पालामा भएको दाबी गरे । अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १ : २६ बजे

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना