शेयर बजार : यस साता पनि पुगेन अर्बमाथि कारोबार « Khabarhub

शेयर बजार : यस साता पनि पुगेन अर्बमाथि कारोबार


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो ।

कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोबार रकममा भने उल्लेख्य सुधार आउन सकेन ।

साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुग्यो ।

नेप्से आरोलो लागेसँगै कारोबार रकममा समेत गिरावट आयो । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुग्यो । कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुग्यो । कूल १५५ कम्पनीको छ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भए ।

बुधबार नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुग्यो । कूल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरीद बिक्री भए ।

बिहीबार कूल १५५ कम्पनीको १२ लाख चार हजार १५ कित्ता शेयर रु ३२ करोड ७६ लाख ३२ हजार २५८ मूल्यमा खरीद बिक्री भए । यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : ३५ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी