यस्तो देश, जहाँ कुकुर नडुलाए ३ लाख जरिवाना तिर्नुपर्छ « Khabarhub

यस्तो देश, जहाँ कुकुर नडुलाए ३ लाख जरिवाना तिर्नुपर्छ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसहरुको घरमा जिवजन्तु पाल्ने शोख हुन्छ । अझ विश्मा त कुकुर पाल्ने त फेसनजस्तै बनेको छ । गाउँघरतिर कुकुरलाई स्वतन्त्र छाडिए पनि शहरमा भने बाँधेर राख्ने गरिन्छ ।

कुकुरको नियमित स्याहार तथा स्वास्थ्य परीक्षण समेत गराइन्छ । शहरका केही मानिसहरु कुकुरलाई बिहान साँझ डुलाउन समेत लैजान्छन् ।

कतिपयले भने कुकुरलाई सधै बाँधेर राख्ने गरेका हुन्छन् । जागीरे तथा व्यवसायमा आबद्ध व्यक्तिलाई कार्य व्यस्ताताले कुकुर घुमाउने फुर्सद पनि हुँदैन । कुकुर नडुलाउँदैमा नेपालमा कुनै कानून लाग्दैन ।

तर विश्वमा यस्तो देश पनि छ, जहाँ घरपालुवा कुकुरलाई दैनिक नडुलाए ठुलो धनराशीको जरिवाना हुने गर्दछ ।

अष्ट्रेलियाको क्यानबेरामा घरमा पालेको कुकरको स्याहार गरेर मात्र पुग्दैन । कुकुर पाल्नेहरुलाई अर्काे अनौठो कानून लाग्ने भएको छ ।

अष्ट्रेलियाको कानुनअनुसार घरमा पालेको कुकुरलाई दैनिक एकपटक डुलाउन लैजानुपर्छ । यदि दैनिक कुकुरलाई एक पटक पनि डुलाउन नलगेमा ४ हजार अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने नियम छ । यो भनेको झण्डै  ३ लाख १० हजार नेपाली रकम बराबर हो ।

क्यानबेरा सरकारले भर्खरै लागु गरेको जनावर कल्याण कानूनलाई संसोधन गरी कुकुर पाल्ने मालिकहरुका लागि कठोर नियम लागू गरेको हो । यदि कसैले कुकुरको उचित स्याहार तथा खानपानको व्यवस्था गरेको छैन उसलाई तत्काल कारबाही तथा जरिवाना हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : ११ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश