राजपाले बनायो तदर्थ समिति गठनका लागि निर्देशिका « Khabarhub

राजपाले बनायो तदर्थ समिति गठनका लागि निर्देशिका


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अधिवेशन नहुन्जेलसम्मका लागि तदर्थ समिति गठन निर्देशिका बनाएको छ ।

पार्टी तथा वर्गीय संगठनहरुको गतिविधिहरु तीव्र, क्रियाशील, प्रभावकारी चुस्तदुरुस्त र नियमित रुपमा सञ्चाल गर्न अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले निर्देशिका बनाएको हो ।

२२ बुँदे निर्देशकामा वडादेखि जिल्लास्तरसम्मका पार्टी समितिहरु सम्मेलन गरी गठन गरिने उल्लेख छ । साथै वर्गीय संगठनहरुको पनि तदर्थ समिति गठन गरिने राजपाले जनाएको छ ।

सम्मेलन तयारीका लागि आगामी कात्तिक १९ गते बैठक बस्ने कार्यतालिका निर्देशिकामा उल्लेख गरिएको छ । यस्तै, सबै वडा सम्मेलन कात्तिक २४ गते, सबै पालिका सम्मेलन कात्तिक २६ गते, सबै क्षेत्रीय सम्मेलन कात्तिक २८ गते र सबै जिल्ला सम्मेलन कात्तिक ३० गते गर्ने राजपाले मिति तय गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : २१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको