कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का « Khabarhub

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई आग्रह गरेका छन् । 

सोमबार काठमाडौँमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै नेता खड्काले संसद्‍मा आफ्ना सांसदहरूको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए ।

पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसद्‍मा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए ।

नेता खड्काले संख्याको हिसाबले केही कम भए पनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरूको भूमिका निकै महत्त्वपूर्ण हुने धारणा राखे ।

यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।  

त्यस्तै कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूले राष्ट्रका मुद्दाहरूलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे । उनले पहिले जस्तै सांसदहरुसंगको छलफल निरन्तर हुने भन्दै संसद् बाहिर रहेका नेताहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आवश्यक परेको खण्डका संसद्मा आउने महत्त्वपूर्ण विषयमा विज्ञहरूसँग समेत छलफल गराउने बताए । 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ४८ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने