वीरगञ्जका अग्नि नियन्त्रकको प्लास्टिकमा भेटियो शव « Khabarhub

वीरगञ्जका अग्नि नियन्त्रकको प्लास्टिकमा भेटियो शव


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्ज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक बुनिलाल चौरसियाको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

गत बिहीबार साँझ घरबाट निस्किएका उनको शव माइधीया पोखरीको किनारमा प्लास्टिक र कपडामा बेरेर फालिएको अवस्थामा आज (शनिबार) फेला परेको हो ।

उनको शरीरका विभिन्न ठाउँमा गोली लागेको देखिएको छ । शवको पोष्टमार्टम नारायणी अस्पतालमा भएको छ ।

पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको र छातीमा २–२ र नाइटोमा १ गरी पाँच गोली लागेको छ ।चौरसियाको हत्या व्यवसायिक समूहबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार राति स्थानीय दीपककिशोर अग्रवालको घरमा गएका उनी त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ ।

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले चौरसियाको हत्या आर्थिक लेनदेन र व्यक्तिगत सम्बन्ध हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिएका छन् ।

प्रहरीले दीपक र उनकी श्रीमती निधि अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : ४७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना