वीरगञ्जका अग्नि नियन्त्रकको प्लास्टिकमा भेटियो शव « Khabarhub

वीरगञ्जका अग्नि नियन्त्रकको प्लास्टिकमा भेटियो शव


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्ज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक बुनिलाल चौरसियाको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

गत बिहीबार साँझ घरबाट निस्किएका उनको शव माइधीया पोखरीको किनारमा प्लास्टिक र कपडामा बेरेर फालिएको अवस्थामा आज (शनिबार) फेला परेको हो ।

उनको शरीरका विभिन्न ठाउँमा गोली लागेको देखिएको छ । शवको पोष्टमार्टम नारायणी अस्पतालमा भएको छ ।

पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको र छातीमा २–२ र नाइटोमा १ गरी पाँच गोली लागेको छ ।चौरसियाको हत्या व्यवसायिक समूहबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार राति स्थानीय दीपककिशोर अग्रवालको घरमा गएका उनी त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ ।

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले चौरसियाको हत्या आर्थिक लेनदेन र व्यक्तिगत सम्बन्ध हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिएका छन् ।

प्रहरीले दीपक र उनकी श्रीमती निधि अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : ४७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल