बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो « Khabarhub

बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ ।

सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।

नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले दुबै उम्मेदवारको नाम स्वीकृत गरेको हो । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ ।

नेकपाले दुई वटा वडामा उम्मेदवारको टुङ्गो लगाए पनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेदवारी टुङ्ग्याउन सकेका छैनन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल पनि बढ्दै गएको छ । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : २५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई