काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिने « Khabarhub

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताएका छन् ।

बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, “संसदीय समितिले गत वर्ष चासो नपरेको विषयमा चासो दिएर काभ्रेपलाञ्चोकमा ‘बनाउनै पर्दैन’ भन्ने विवाद निकालेपछि रोकियो, यस वर्ष विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) बनाउन बजेट पनि छुट्याइएको छ, अब तत्काल डिपीआरको काम शुरु हुन्छ ।”

उनले डिपीआर तथा अन्य केही प्राविधिक कार्यका लागि २५ करोड रुपैयाँ छुट्याएको उल्लेख गर्दै हवाई उड्डयन प्राधिकरणका निर्देशकलाई छिटोछिटो डिपीआर बनाउन निर्देशन दिएको बताए ।

मन्त्री बाँस्कोटाले भने “प्राधिकरणका निर्देशक डिपीआर बनाउने विषयमा तयारी गर्दै हुनुहुन्छ, डिपीआर प्राविधिक विषय हो, मिल्ने भए बन्छ नभए बन्दैन ।” काठमाडौँबाट नजिक भएकाले काभ्रेपलाञ्चोकलाई विमानस्थलका लागि पहिलो प्राथमिकता दिएको उनको तर्क थियो ।

मन्त्री बाँस्कोटाले काठमाडौँमा समयसमयमा हवाई ट्राफिक जाम भई समस्या सिर्जित भएकाले नजिकै एउटा विमानस्थल आवश्यक भइसकेको बताए । उनले भने, “काठमाडौँको नजिक काभ्रेपलाञ्चोक भेटिएकाले डिपीआर गर्न लगाइएको हो, अन्तै नजिक भेटिए अन्तै लगे पनि हुन्छ, काभ्रेपलाञ्चोक नै चाहिएको छ भनेका छैनौँ ।”

उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बन्दा यहाँका बासिन्दाले काठमाडौँ जान हवाइजहाज चढ्न नपरे पनि बाटोको विकाससँगै आर्थिक चहलपहल तथा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा विमानस्थल बन्दा हिमाली उडानलाई समेत सजिलो हुने बताए । “हामी काठमाडौँको नजिक विमानस्थल बनाउने विषयमा थाकेका छैनौँ, प्राविधिकका अनुसार रु सात अर्ब लाग्नेछ, बजेट अपुग भए थप्न पनि सकिन्छ”, उनले भने, “अब पनि संसदीय समितिले चासो दिने भए विचार पुर्‍याएर चासो देओस् ।”

मन्त्री बाँस्कोटाले शनिबारै अनलाइन मिडिया सञ्जालद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समग्र मिडिया डिजिटिलाइजेसन हुँदै गएको उल्लेख गर्दै विश्वव्यापीरुपमा समस्या सिर्जना हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो ।

उनले भने, “अब मुलुक डिजिटल इकोनोमीतर्फ लागिरहेको छ, सामाजिक सञ्जाल र मिडियाबारे स्पष्ट हुन जरुरी छ, सदुपयोग गलत छ कि, सही छ भन्ने कोणबाट अध्ययन गर्नु आवश्यक छ ।” उनले प्रत्येक वर्ष इनटरनेटका २५ लाख नयाँ ग्राहक थपिँदै गएको, कूल इन्टरनेट प्रयोगकर्तामध्ये ९० लाखले फेसबुक र ४० लाखले ट्वीटर चलाउने गरेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : ४० बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी