पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात « Khabarhub

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचार कै क्रममा हृदयघात भएको छ ।

पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत जानकारी गराएका हुन् ।

उनले भनेका छन् “पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उहाँले निकै कमजोर महशुस गर्नुभएको छ ।”

पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य अस्पताल पुर्‍याइँदा नै निकै विग्रिएको थियो । उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पुर्‍याइएको थियो ।

स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उनलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उनको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताइको थियो । तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो । उनलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ ।

रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : २६ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर