ओलम्पियाकोसलाई हराउँदै टोटेनहम नकआउट चरणमा  « Khabarhub

ओलम्पियाकोसलाई हराउँदै टोटेनहम नकआउट चरणमा 


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटेनहम नकआउट चरण प्रवेश गरेको हो ।

खेलमा २–० ले पछाडी परेको स्थितिलाई उल्ट्याउँदै टोटेनहमले जित हासिल गरेको हो । खेलमा अग्रता पाहुना टोलीले छैटौं मिनेटमा अल अरबीको गोलबाट लिएको थियो । १९ औ मिनेटमा बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई २–० को अग्रता दिलाए ।

खेलको पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै डेली अलीले टोटेनहमका लागि पहिलो गोल गर । ५० औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए ।

सर्ज औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए । केनले ७७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए ।

समूह बीको दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोड्यो । ओलम्पियाकोस १ अंक सहित तालिकाको पुछारमा रह्यो । शीर्ष क्लब बार्यन म्युनिख यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ३१ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा