ओलम्पियाकोसलाई हराउँदै टोटेनहम नकआउट चरणमा  « Khabarhub

ओलम्पियाकोसलाई हराउँदै टोटेनहम नकआउट चरणमा 


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटेनहम नकआउट चरण प्रवेश गरेको हो ।

खेलमा २–० ले पछाडी परेको स्थितिलाई उल्ट्याउँदै टोटेनहमले जित हासिल गरेको हो । खेलमा अग्रता पाहुना टोलीले छैटौं मिनेटमा अल अरबीको गोलबाट लिएको थियो । १९ औ मिनेटमा बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई २–० को अग्रता दिलाए ।

खेलको पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै डेली अलीले टोटेनहमका लागि पहिलो गोल गर । ५० औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए ।

सर्ज औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए । केनले ७७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए ।

समूह बीको दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोड्यो । ओलम्पियाकोस १ अंक सहित तालिकाको पुछारमा रह्यो । शीर्ष क्लब बार्यन म्युनिख यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ३१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण