नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित « Khabarhub

नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिया र प्रशान्त क्षेत्रका २० देशको सवैभन्दा ठूलो ट्रेड युनियन संगठन युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक राजेन्द्रकुमार आचार्य निर्वाचित भएका छन् ।

लामो समयदेखि श्रमिकको हक अधिकारको क्षेत्रमा क्रियाशिल आचार्य युएनआई एप्रोको महासचिवमा पाँच बर्षका लागि निर्वाचित भएका हुन् ।

एसिया र प्रशान्त क्षेत्रका २० देशका ६ सय भन्दा बढी प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय सम्मेलनले आचार्यलाई महासचिवमा निर्वाचित गरेपछि एसिया र प्रशान्त क्षेत्रको श्रमिक अभियानमा नयाँ अध्याय शुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् ।

महासचिवमा नवनिर्वाचित आचार्यलाई बधाई दिन आयोजित कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले आचार्यको सफलता नेपाल र नेपालीको सफलतासँग जोडिएको बताए ।

नेपालीले पनि राम्रो गर्न सक्छन् भन्ने देखाउन पनि आचार्यलाई नेपाल र नेपालीको तर्फबाट सहयोग हुनुपर्ने लामिछानेको भनाई छ ।

युनिमी नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित महासचिव आचार्यले नेपालको श्रमिक आन्दोलन प्रभावकारी र परिणाममुखी भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत हुन आफुलाई सजिलो र गौरब हुने बताए ।

नेपालमा कुल श्रमिक मध्ये ७ प्रतिशत मात्रै श्रमिक संगठनहरुमा आबद्ध रहनु सन्तोषजनक नभएकाले श्रमिक संगठनमा आबद्ध हुनेहरुको संख्या बढाउनु पर्नेमा उनले जोड दिए ।

विकसित देशमा श्रमिक संगठनमा आबद्ध हुनुलाई अनिवार्य र आधारभूत आवश्यकताको रुपमा लिइएपनि नेपालमा नकारात्मक रुपमा लिइने गरेको आचार्यले बताए ।

श्रमिक अधिकारको अभियानलाई श्रमिक र रोजगारदाताको समन्वयकर्ताको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा युनिमीका निवर्तमान अध्यक्ष राजकुमार थापा, अध्यक्ष गोविन्द धिताल, महासचिव जीवन भण्डारीलगायतले नेपालमा श्रमिकमैत्री कानुनहरु बनाउन तथा कार्यान्वयन गराउन र श्रमिक आन्दोलनलाई सकारात्मक अभियानको रुपमा विकास गर्न आचार्यको अन्तर्राष्ट्रिय व्यक्तित्वका कारण सजिलो हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ५३ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल