नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित « Khabarhub

नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिया र प्रशान्त क्षेत्रका २० देशको सवैभन्दा ठूलो ट्रेड युनियन संगठन युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक राजेन्द्रकुमार आचार्य निर्वाचित भएका छन् ।

लामो समयदेखि श्रमिकको हक अधिकारको क्षेत्रमा क्रियाशिल आचार्य युएनआई एप्रोको महासचिवमा पाँच बर्षका लागि निर्वाचित भएका हुन् ।

एसिया र प्रशान्त क्षेत्रका २० देशका ६ सय भन्दा बढी प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय सम्मेलनले आचार्यलाई महासचिवमा निर्वाचित गरेपछि एसिया र प्रशान्त क्षेत्रको श्रमिक अभियानमा नयाँ अध्याय शुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् ।

महासचिवमा नवनिर्वाचित आचार्यलाई बधाई दिन आयोजित कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले आचार्यको सफलता नेपाल र नेपालीको सफलतासँग जोडिएको बताए ।

नेपालीले पनि राम्रो गर्न सक्छन् भन्ने देखाउन पनि आचार्यलाई नेपाल र नेपालीको तर्फबाट सहयोग हुनुपर्ने लामिछानेको भनाई छ ।

युनिमी नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित महासचिव आचार्यले नेपालको श्रमिक आन्दोलन प्रभावकारी र परिणाममुखी भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत हुन आफुलाई सजिलो र गौरब हुने बताए ।

नेपालमा कुल श्रमिक मध्ये ७ प्रतिशत मात्रै श्रमिक संगठनहरुमा आबद्ध रहनु सन्तोषजनक नभएकाले श्रमिक संगठनमा आबद्ध हुनेहरुको संख्या बढाउनु पर्नेमा उनले जोड दिए ।

विकसित देशमा श्रमिक संगठनमा आबद्ध हुनुलाई अनिवार्य र आधारभूत आवश्यकताको रुपमा लिइएपनि नेपालमा नकारात्मक रुपमा लिइने गरेको आचार्यले बताए ।

श्रमिक अधिकारको अभियानलाई श्रमिक र रोजगारदाताको समन्वयकर्ताको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा युनिमीका निवर्तमान अध्यक्ष राजकुमार थापा, अध्यक्ष गोविन्द धिताल, महासचिव जीवन भण्डारीलगायतले नेपालमा श्रमिकमैत्री कानुनहरु बनाउन तथा कार्यान्वयन गराउन र श्रमिक आन्दोलनलाई सकारात्मक अभियानको रुपमा विकास गर्न आचार्यको अन्तर्राष्ट्रिय व्यक्तित्वका कारण सजिलो हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ५३ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने