सागका खेल आजबाट शुरु : भलिबलमा नेपाल र बंगलादेश भिड्दै « Khabarhub

सागका खेल आजबाट शुरु : भलिबलमा नेपाल र बंगलादेश भिड्दै


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार)बाट शुरु हुँदैछ ।

औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज शुरु हुन लागेको हो । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।

उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो ।

सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो ।

सोही कारण बंगलादेशलाई हराएर नेपाली टिमले सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे शुरु हुनेछ ।

पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।

भारत पुरुष भलिबलको समेत बलियो टिम हो । सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो ।

सोही कारण भारत सहित नकआउट चरणमा प्रवेश गर्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको