टीभीएसले भित्र्याउँदै सेमी डर्ट बाइक, यस्ता छन् विशेषता « Khabarhub

टीभीएसले भित्र्याउँदै सेमी डर्ट बाइक, यस्ता छन् विशेषता


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीभीएसले नेपाली बजारमा सेमी डर्ट बाइक म्याक्स–१२५ ल्याउने तयारी गरेको छ ।

टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले म्याक्स १२५ स्ट्रिट क्याटेगोरीको बाइक ल्याउन लागेको हो ।

केही दिनभित्रै यो बाइक नेपाल आइपुग्ने कम्पनीले जानकारी दिएको छ । बाइक नेपाल ल्याउनासाथ सार्वजनिक भने हुने छैन । कम्पनीले यसको विभिन्न चरणमा नेपाली सडकमा परिक्षण गरेपश्चात मात्रै सार्वजनिक गर्ने योजना बनाएको छ ।

टीभीएसले इन्डोनेशिया प्लान्टबाट उत्पादन गर्ने यस बाइकमा उपलब्ध एसओएचसी फोर स्ट्रोक १२४.५३ सीसी इन्जिनले ५५ सय आरपीएममा १०.८ एनएम टर्कका साथै ८ हजार आरपीएममा १०.९ हर्ष पावरका उत्पादन गर्छ ।

अफरोडका लागि प्रयोग गर्न बनाइएको यस बाइकको अगाडि चक्कामा डिस्क ब्रेक लगाइएको छ भने, पछाडिको चक्कामा ड्रम ब्रेक छ । हरियो र निलो दुइ कलर अप्सनमा उपलब्ध हुने यो बाइकको फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्विंगआर्म सस्पेन्सनको विशेषता दिइएको छ ।

बाइकको फ्रन्टमा १९ इन्च र रियर १६ इन्चको रेडिएल टायर लगाइएको कम्पनीले आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । बाइकको लम्बाई २ हजार एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम रहेको छ । किक्क र इलेक्ट्रीक स्टार्टको अप्सन भएको यो बाइकमा चार स्पीड म्यानुअल गियरबक्स लगाइएको छ ।

बाइकमा इन्डिकेटर बल्ब लाइट, हेलोजन हेडल्याम्प, हेडजस्टेबल हेडलाइट, एलइडी टेलल्याम्प, साइड स्ट्यान्ड इन्डिकेटरको विशेषता उपलब्ध रहने छ । एनालग स्पिडोमिटर, टेकोमिटर र ट्रिपमिटरको विशेषता बाइकमा रहेको छ ।

कम्पनीले बाइह केही दिनभित्र ल्याउने जनाए पनि सार्वजनिक गर्ने एकिन मिति बाइकको मूल्यका विषयमा केही खुलाएको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ५६ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति