साग खेल्ने महिला भलिबल टोली कभर्ड हलमा « Khabarhub

साग खेल्ने महिला भलिबल टोली कभर्ड हलमा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज (बुधबार)देखि शुरु हुँदैछ । १३ औं सागको पहिलो खेलमा बुधबार नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको महिला भलिबल टोलीसँग खेल्दैछ ।

घरेलु मैदानमा हुन लागेको सागमा नेपाली टोली आफ्नो सुखद् शुरुवातको खोजीमा रहेको छ ।

पाहुना टोली बंगलादेश पनि नेपाली टोलीमाथि हावी हुने लक्ष्यमा छ । खेल बुधबार दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुँदैछ ।

साग खेल्ने नेपाली र बंगलादेशी महिला भलिबल टोली कभर्ड हल पुगिसकेको छ ।

अहिले टोली कभर्ड हलमा अभ्यास गरिरहेको छ । सागमा महिला भलिबलका ६ टिम सहभागी छन् । ६ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । नेपालका अतिरिक्त समूह ए मा बंगलादेश र भारत रहेका छन् । समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।

तर, भारत महिला भलिबलमा सहभागीता जनाउने वा नजनाउने भन्नेबारेमा अझै निश्चित भइसकेको छैन् । खेल तालिका अनुसार बिहीबार नेपाली महिला टोलीले भारतीय महिला टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ३४ बजे

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र