पोल्याण्ड हिँडेका २८ युवा बाकुमा अलपत्र, डेढ सयको विचल्ली « Khabarhub

पोल्याण्ड हिँडेका २८ युवा बाकुमा अलपत्र, डेढ सयको विचल्ली


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय रोजगारीका खोजीमा युरोपका देश जाने नेपाली श्रमिकको आकर्षण बढ्दो छ ।

युरोपका देशमा पनि पोल्याण्ड, पोर्चुगल र रोमनिया जान खोज्न नेपाली युवाको संख्या दैनिक बढीको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्टको लोभमा पनि नेपाली युरोपेली मुलुकमा जान खोज्छन् ।

गत साउन महिनामा नेपालबाट पोल्याण्डको रोजगारीका लागि हिँडेका २८ युवा दुबई हुँदै पूर्व सोभियत गणराज्य अजरवैजानको राजधानी बाकुमा पुगेर अलपत्र परेका छन् ।

उनीहरु पूर्वी पोल्याण्डको एक मासु कम्पनीमा काम गर्ने भनेर नेपालबाट एजेन्टमार्फत गएका थिए । तर, उनीहरु अजरवैजानको राजधानी बाकुमा अलपत्र परेका हुन् । अलपत्रमा परेपछि प्रहरी र वैदेशिक रोजगार विभागमा उद्धारका लागि पटक पटक अपिल गरेपनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।

नेपालबाट साउनमा पोल्याण्डका लागि हिँडेका २८ जनाको टोलीले ४ महिनादेखि बाकुमा अलपत्र परेका हुन् । तर वैदेशिक रोजगार विभागले भने कुनै उजुरी नपरेको जनाएको छ ।

बाकुमा २८ जना अलपत्र परेको उजुरी र समस्याका बारेमा विभागमा कुनै उजुरी र जानकारी नआएको विभागका निर्देशक हरि ज्ञवालीले बताए । यस्ता समस्या आएमा हामी कन्सुलर र कुटनीतिक नियोगमार्फत उद्धारको तत्काल पहल गर्ने उनको भनाइ छ ।

नेपालदेखि नै सेटिङ

रोजगारीका नाममा मानव तस्करले नेपालदेखि नै सेटिङ मिलाउने गरेका छन् । मानव तस्कर गिरोहले अध्यागमनमा सेटिङ मिलाएर आकर्षक कमाई हुने भन्दै धेरै नेपाली युवा युवतीलाई विदेशमा बिचल्ली पारिरहेका छन् ।

विश्वस्त आधार बिना नेपालीलाई विदेश जान नदिने सरकारी नीति छ । तर, कडाई गर्ने यही सरकारी नीति नै कर्मचारीहरुले तस्करसँग मिलेर सेटिङ मिलाउने गरेका छन् ।

मानव तस्कर र ठग गिरोहले शिकार अर्थात् रकम बुझाउने युवायुवतीलाई सजिलै अध्यागमनबाट छिराउने गरेको आरोप लाग्ने गरेको छ ।

नेपालबाट पोल्याण्डका विभिन्न शहरमा रोजगारीमा लैजाने भनेर डेढ सय नेपाली अजरबैजानमा अलपत्र अवस्थामा रहेको पीडितले बताएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : ५९ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा