पोल्याण्ड हिँडेका २८ युवा बाकुमा अलपत्र, डेढ सयको विचल्ली « Khabarhub

पोल्याण्ड हिँडेका २८ युवा बाकुमा अलपत्र, डेढ सयको विचल्ली


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय रोजगारीका खोजीमा युरोपका देश जाने नेपाली श्रमिकको आकर्षण बढ्दो छ ।

युरोपका देशमा पनि पोल्याण्ड, पोर्चुगल र रोमनिया जान खोज्न नेपाली युवाको संख्या दैनिक बढीको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्टको लोभमा पनि नेपाली युरोपेली मुलुकमा जान खोज्छन् ।

गत साउन महिनामा नेपालबाट पोल्याण्डको रोजगारीका लागि हिँडेका २८ युवा दुबई हुँदै पूर्व सोभियत गणराज्य अजरवैजानको राजधानी बाकुमा पुगेर अलपत्र परेका छन् ।

उनीहरु पूर्वी पोल्याण्डको एक मासु कम्पनीमा काम गर्ने भनेर नेपालबाट एजेन्टमार्फत गएका थिए । तर, उनीहरु अजरवैजानको राजधानी बाकुमा अलपत्र परेका हुन् । अलपत्रमा परेपछि प्रहरी र वैदेशिक रोजगार विभागमा उद्धारका लागि पटक पटक अपिल गरेपनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।

नेपालबाट साउनमा पोल्याण्डका लागि हिँडेका २८ जनाको टोलीले ४ महिनादेखि बाकुमा अलपत्र परेका हुन् । तर वैदेशिक रोजगार विभागले भने कुनै उजुरी नपरेको जनाएको छ ।

बाकुमा २८ जना अलपत्र परेको उजुरी र समस्याका बारेमा विभागमा कुनै उजुरी र जानकारी नआएको विभागका निर्देशक हरि ज्ञवालीले बताए । यस्ता समस्या आएमा हामी कन्सुलर र कुटनीतिक नियोगमार्फत उद्धारको तत्काल पहल गर्ने उनको भनाइ छ ।

नेपालदेखि नै सेटिङ

रोजगारीका नाममा मानव तस्करले नेपालदेखि नै सेटिङ मिलाउने गरेका छन् । मानव तस्कर गिरोहले अध्यागमनमा सेटिङ मिलाएर आकर्षक कमाई हुने भन्दै धेरै नेपाली युवा युवतीलाई विदेशमा बिचल्ली पारिरहेका छन् ।

विश्वस्त आधार बिना नेपालीलाई विदेश जान नदिने सरकारी नीति छ । तर, कडाई गर्ने यही सरकारी नीति नै कर्मचारीहरुले तस्करसँग मिलेर सेटिङ मिलाउने गरेका छन् ।

मानव तस्कर र ठग गिरोहले शिकार अर्थात् रकम बुझाउने युवायुवतीलाई सजिलै अध्यागमनबाट छिराउने गरेको आरोप लाग्ने गरेको छ ।

नेपालबाट पोल्याण्डका विभिन्न शहरमा रोजगारीमा लैजाने भनेर डेढ सय नेपाली अजरबैजानमा अलपत्र अवस्थामा रहेको पीडितले बताएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : ५९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको