नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश सोझो सेटमा पराजित « Khabarhub

नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश सोझो सेटमा पराजित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा नेपाली टोलीले शुखद् शुरवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशी टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो।

घरेलु मैदानमा भएको खेलमा नेपाली चेलीहरुले उत्कृष्ट खेल्दै सागमा राम्रो संकेत देखाइन् ।

नेपाली टोलीका लागि कप्तान अरुणा शाही, स्पाइकर प्रतिभा माली लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन विपक्षीसामू देखाए।

जसमा नेपालले पहिलो सेटमा बंगलादेशी टोलीलाई २५-९ को स्कोरमा रोकेको थियो।

दर्शकको साथ पाएको नेपालले दोस्रो सेटमा २५-९ को स्कोरमा पाहुनालाई स्तब्ध पारेको थियो।

सागको औं पचारीक उद्घाटन भने मंसिर १५ गते दशरथ रंगशालामा हुनेछ।

बंगलादेश र नेपालबीचको अन्तिम सेट भने केही प्रतिस्पर्धात्मक बनेको थियो।

जसमा बंगलादेश र नेपाल ९ स्कोरसम्म अगाडि पछाडि भइरहेका थिए। तर, नेपालले बंगलादेशलाई ९ मा रोक्दै नेपाल अगाडि बढेको थियो।

उद्घाटन अगाडि नै भएको खेलमा जीत निकालेको नेपालले अन्तिम तथा निर्णायक सेटमा बंगलादेशको महिला टोलीलाई २५-११ को स्कोरमा पराजित गरेको थियो।

बंगलादेशविरूद्व नेपालका उषा भणडारी र हिरा बिष्टले डेब्यु गरे ।

महिला टोलीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले म्याच अफिसियललाई बल हस्तान्तरण गर्दै गरेका थिए।

जीत हात पारेको नेपालले भोलि बिहीबार ५ बजे भारतीय टोलीसँग खेल्नेछ।

यस्तै दोस्रो खेलमा श्रीलंका र पाकिस्तान खेल्नेछन्।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ४२ बजे

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर