नेपाली सेनालाई इजरायली सेनाको प्रतिआतंकवाद सम्बन्धी सैन्य तालिम « Khabarhub

नेपाली सेनालाई इजरायली सेनाको प्रतिआतंकवाद सम्बन्धी सैन्य तालिम


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले नेपाली सेनालाई प्रतिआतंकवाद सम्बन्धी विशेष सैन्य तालिम प्रदान गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल भारतविरुद्ध परिचालित आतंकवादी समूहको आश्रयस्थल बन्न सक्ने भन्ने प्रतिवेदन सार्वजनिक गरेको केही हप्तापछि इजरायली डिफेन्स फोर्सले नेपाली सेनालाई विशेष सैन्य तालिम दिएको हो ।

नेपाली सेनाको प्रतिआतंकवाद कारबाहीका लागि स्थापना भएको भैरबनाथ ‘घ’ लाई इजरायली सेनाले सो तालिम दिएको हो।

गत आइतबारबाट शुरु भएको तालिम आतंकवाद बिरुद्धको सैन्य कारबाही, आतंकवादीबाट हुनसक्ने हवाईजहाज अपहरण र महत्वपूर्ण व्यक्ति तथा स्थानको सुरक्षा लगायतका विषयमा केन्द्रित रहेको थियो । तालिमको बुधबार समापन गरिएको हो ।  समापन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि इजरायलका राजदूत बेनी ओमार समेत उपस्थित भएका थिए ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘इजरायली सेनासँग यस बिषयमा लामो अनुभव छ, त्यो साटासाट भयो।’

तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको र यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा अन्तरप्रणाली (इन्ट्रोप्रोबाबिलिटी) सहकार्य क्षमता बढाउने अवसर प्रदान भएको बताए।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : ०० बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा